कतै तपाईंको खानामा गुलियो पदार्थ र प्रोटिनको मात्रा बढी भएको त छैन ? हानिकारक हुन सक्छ



Download our app to get more features

अहिले चाडपर्वको समय चलिरहेको छ । यो समयमा हामीले विभिन्न खाना र पेय पदार्थको सेवन गर्ने गर्छौ । तर, खाने खादै गर्दा गुलियो पेय पदार्थ र प्रोटिनको मात्राको भने ख्याल गर्नुपर्छ । किनकी खानामा खुलियो पेय पदार्थ र प्रोटिनको मात्रा बढी भएको खाना एकैसाथ खानु शरीरको निम्ती हानीकारक हुने एक अध्ययनले देखाएको छ ।

“बिएमसी न्युट्रिसन” जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार गुलियो पेय पदार्थ र उच्च प्रोटिनयुक्त खानाहरु जस्तै माछामासु, चीज आदि खानाले शरीरमा बोसोको संचय बढाउने र कालान्तरमा त्यो शरीरको लागि हानीकारक हुन्छ । त्यसले मानिसलाई थप नुनिलो खानेकुरा खान प्रेरित गर्ने पनि सो अनुसन्धान पछि प्रकाशित लेखमा उल्लेख गरिएको छ । 

सो अनुसन्धान औषत २३ वर्ष उमेर भएका २७ जना युवाहरुमा गरिएको थियो । अनुसन्धानमा भाग लिएकाहरुलाई १५ प्रतिशत र ३० प्रतिशत प्रोटिन भएको खाना र गुलियो पेय पदार्थ खान दिइएको थियो । अनुसन्धानमा सम्मिलित पोषण विज्ञ डा. इयान जोनसनका अनुसार गुलियो पेय पदार्थ र प्रोटिनयुक्त खानाले शरीरको शक्तिसंचयको आन्तरिक प्रक्रियामा असर गर्ने र तौल बढाउने तथ्य यस अनुसन्धानले स्थापित गरिदिएको छ ।

पेय पदार्थको प्रयोग हाम्रो दैनिक भोजनमा बढ्दै जाँदा यसले शरीरलाई पर्ने नकारात्मक असरतर्फ ध्यान दिन चिकित्सकहरुले सजग गराउँदै आएका छन् । 
 

Last modified on 2019-10-10 07:34:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts