विश्व खाद्य दिवस

खाद्य असुरक्षाका कारण कुपोषणको संक्रमण बढ्दै, सबैभन्दा बढी प्रदेश २ प्रभावित



Download our app to get more features

नेपालमा बालबालिकामा हुने कुपोषणको अवस्था अझै नाजुक छ । बालबालिकामा हुने कुपोषणको दर विगतका वर्षका तुलनामा क्रमश घट्दै गएको तथ्याङ्कले देखाएको छ । तर अवस्था भने नाजुक नै छ ।

सरकारी प्रतिबद्धता अनुसार भने अझैं खाद्य असुरक्षाले अति प्रभावित जिल्लामा कार्यक्रम सञ्चालन हुन सकेको छैन । जसका कारण सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश १ र दुईमा प्रत्येक वर्ष ५ हजारभन्दा बढी बालबालिका कुपोषणले प्रभावित भइरहेका छन् । 

विपदका बेला पनि त्यस क्षेत्रमा सुरक्षित खाद्यको व्यवस्था र पहुँच नहुँदा त्यो समय बढी संख्यामा बालबालिकामा कुपोषणले आक्रमण गर्ने गरेको छ । बाढी, पहिरोका कारण घर बगाउदा र भत्किदा अन्नको नास हुँदा बालबालिका पोषणयुक्त खाना खानबाट बञ्चित हुने हुँदा त्यस क्षेत्रमा बालबालिका बढी कुपोषणको चपेटामा पर्ने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्याङ्क अनुसार प्रदेश नम्बर २ मा शीघ्र कुपोषणको अवस्था सबैभन्दा नाजुक छ ।

तथ्याङ्क अनुसार प्रदेश २ मा शीघ्र कुपोषण हुने बालबालिकाको संख्या १४ दशमलब ४ प्रतिशत छ । यहाँ दीर्घ कुपोषणको अवस्था भने ३७ प्रतिशत बालबालिकामा देखिएको छ ।

प्रदेश २ पछि प्रदेश १ मा शीघ्र कुपोषण हुने बालबालिकाको संख्या बढी छ । जहाँ ११ दशमलब ८ प्रतिशत बालबालिकामा शीघ्र कुपोषण देखिएको छ ।

यस्तै क्रमश प्रदेश ३ मा ४ दशमलब २ प्रतिशत, प्रदेश ४ मा ५ दशमलब ८ प्रतिशत, प्रदेश ५ मा ७ दशमलब ६ प्रतिशत, प्रदेश ६ मा ७ दशमलब ५ प्रतिशत र प्रदेश ७ मा ९ दशमलब ३ प्रतिशत बालबालिकामा शीघ्र कुपोषण भएको तथ्याङ्कले देखाएको छ ।

दीर्घ खालको कुपोषण हुने बालबालिकाको संख्या प्रदेश नम्बर ६ मा सबैभन्दा धेरै छ । यहाँ ५७ दशमलब ५ प्रतिशत बालबालिकामा दीर्घ कुपोषण छ । दीर्घ कुपोषण सबै भन्दा कम प्रदेश ४ मा २८ दशमल ९ प्रतिशत बालबालिकामा छ ।

Last modified on 2019-10-16 19:30:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts