नेपालका बालबालिका भारतका भन्दा पोषणयुक्त

ग्लोबल हंगर इन्डेक्समा नेपाल ७३औं स्थानमा 



Download our app to get more features

काठमाडौं, २९ असोज । ग्लोबल हंगर इन्डेक्स (जीएचआई) ले हालै सार्वजनिक गरेको एक सर्वेक्षण रिर्पोट अनुसार भारतका भन्दा नेपालका बालबालिका पोषणयुक्त छन् । सार्वजनिक सूची अनुसार ११७ देशमा भारत १०२औं स्थानमा छ भने नेपाल ७३औं स्थानमा छ । नेपाल भारतभन्दा २९ स्थानमाथि छ ।

यसको अर्थ, भारतीयभन्दा नेपालीले पोषणयुक्त खानपान गर्छन । साथै बाल मृत्यदर कम छ, बालबालिकाको उचाइअनुसार वजन छ, भारतमा जति कुपोषित बालबालिका छैनन् । एसियाको तेस्रो ठूलो तथा दक्षिण एसियाको सबैभन्दा ठूलो अर्थव्यवस्था भएको भारतमा ग्लोबल हंगर इन्डेक्समा भने दक्षिण एसियामै सबैभन्दा तल छ ।

सन् २०१० मा भारत ९५औं स्थानमा थियो र सन् २०१९ सम्म १०२औं स्थानमा आइपुगेको छ । नेपाल भने निरन्तर सुधारको दिशामा देखिएको छ । बेलायत, रुस, युक्रेन, टर्की, क्युबा र कुवेत ग्लोबल हंगर इन्डेक्समा अब्बल सूचीमा छन् । यहाँसम्म कि रुवाण्डा र इथियोपियाजस्ता मुलुकले पनि जीएचआई ¥याङ्कमा सुधार गरेका छन् ।

के हो ग्लोबल हंगर इन्डेक्स ?
विश्वका विभिन्न देशमा रहेका मानिसले के कस्तो खान्छन भनेर देखाउने अध्ययन प्रक्रिया हो ग्लोबल हंगर इन्डेक्स । यसको सूचकांक प्रत्येक वर्ष जारी गरिन्छ । यो सूचकांकको माध्यमबाट विश्वभर चलिरहेको भोकविरुद्ध अभियानको उपलब्धि र असफलता देखाइन्छ । यस्तो सर्वेक्षणको सुरुवात इन्टरनेसनल फुड पोलिसी रिसर्च इन्स्टिच्युटले गरेको थियो ।

ग्लोबल इन्डेक्स स्कोर बढी हुनुको अर्थ त्यो देशमा भोकमारीको समस्या बढी छ भन्ने हो । कुनै देशको स्कोर कम छ भने सम्झनुपर्छ कि त्यो देशको स्थिति राम्रो छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts