चाडवाडको बेला स्वास्थ्य समस्या: चिनौं घरेलु औषधि



Download our app to get more features

चाडबाडका बेला आकस्मिक टाउको दुखे वा पेट फुल्ने समस्या भए घरेलु औषधिबाट पनि छुट्कारा पाउन सकिन्छ । टाउको विभिन्न कारणले दुख्ने गर्छ । यदि उच्च रक्तचापका कारण टाउको दुखेको हो भने तितेकरेला, मेथी खाएर यसलाई सन्तुलनमा राख्न सकिन्छ । यसै गरी चाडपर्वको बेला रातभर जाग्राम बस्नाले पनि टाउको दुख्छ । यस्तो अवस्थामा भने आराम गर्नु राम्रो हुन्छ । 

टाउकाको सामान्य दुखाइमा भिक्स लगाएर मालिस गर्ने । साथै तेल लगाएर मसाज पनि गर्न सकिन्छ । टाउको दुखाइमा घिउकुमारीको लेप लगाएर पनि दुखाइ कम गर्न सकिन्छ ।  खानामा ध्यान नदिँदा पेट फुल्ने, बान्ता हुने सम्भावना हुन्छ । यस्तो अवस्थामा शरीरले पचाउन गाह्रो हुने मासुजन्य वस्तु खाँदा हिङ, वीरेनून राख्ने । पेट फुल्ने समस्या भए तातो पानी खाएर पेटलाई घटाउन सकिन्छ । खानाका कारण पेटमा भएको गडबडी हटाउन घरेलु औषधि ज्वानो, जीरा, अदुवाको रस खाने । साथै गाउँघरतिर पाइने हर्रो, बर्राे पनि यस्तो बेला प्रयोग गर्न सकिन्छ ।  खानाको सन्तुलन नमिल्दा कहिलेकाहीँ बान्ता पनि आउने गर्छ ।

विशेष गरी बढी चिल्लो खानेकुरा खाँदा बान्ता भयो भने खानेकुरा कम खाने, अदुवा मुखमा राखिरहने, सुकुमेल, दालचिनी खाने गर्नुपर्छ । 

घर बस्दा तथा खानपानका कारण घरमा भएका बच्चा तथा बूढाबूढीहरुका साथै वयष्कको लागि आकस्मिक देखा पर्ने स्वास्थ्य समस्याको समाधानका लागि निम्न औषधि घरमा राख्न सकिन्छ ।   

पारासिटामोल,  फेक्सन,  बु्रफिन,  डिक्लोफेनिक , बेटाजिन,  ह्यान्डप्लास, ओआरएस,   डिकोल,  स्यानेक्स प्रोथाजिन, डाइजिन,  थर्मा्मिटर,  जीवनजल,   इनो 

डा. जया सत्याल (आयुर्वे्दिक चिकित्सक)

Last modified on 2019-10-30 12:15:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts