सरकारलाई औषधि उत्पादकको चुनौति

What's This?


Download our app to get more features

फागुन २८, काठमाण्डौं । हप्तादिन अघि सरकारले दुई ठूला औषधी उत्पादकलाई पक्राउ गरेपछि आक्रोशित बनेका उत्पादकहरुले कुनैपनि हालतमा सरकारले तोकेको मूल्यमा औषधि बिक्रि गर्न नसक्ने बताएका छन् ।

 
केही सीमित औषधी उद्योगीलाई सुनुयोजित किसिमले कारवाही थालेको औषधी उत्पादक संघको ठहर छ । हाम्रो डाक्टरसँगको कुराकानीमा संघका अध्यक्ष शंकर घिमिरेले सबै औषधी व्यवसायीलाई कारवाही गरेर देखाउन सरकारलाई चुनौति दिएका छन् ।

 
औषधीको मूल्य निर्धारणका विषयमा परेको रीट सर्वोच्चमा विचाराधीन अवस्थामा रहेका बेलासरकारले सरोकारवाला निकायसँग छलफल नै नगरी एकलौटी ढंगवाट मन्त्रिपरिषद्वाट मूल्य निर्धारण गरेकोले त्यसमा सहमत हुन नसक्ने उत्पादक संघको भनाइ छ । ‘सरकारको यो निर्णयवाट समग्र औषधी व्यवसायीलाई निरुत्साहित वनाउने काम भएको छ’ यसको विरोधमा हामी सम्पुर्ण औषधी व्यवसायीहरु छाँै’ । उनले भने ‘तत्काल यो निर्णय खारेज गरी औषधी व्यवसायीहरुको समेत उचित प्रतिनिधित्व हुने गरी मूल्य निर्धारण तथा समायोजन प्रकिया अगाडि लाग्नुपर्दछ । ’


औषधिको नया मूल्य कुनै पनि हालतमा लागू हुन सक्दैन – नेपाल औषधि उत्पादक संघ


सरकारले हतारमा औषधीको मूल्य निर्धारण गरेर गलत गरेकोले तत्काल नया समिति बनाएर पुनः मूल्य समायोजन गर्नुपर्ने संघको माग छ । गत साउनमा भएको मूल्य निर्धारण पछि उत्पादकलाई दिइएको चार महिनाको समयमा पनि मूल्य लागू नभएपछि फागुन २२ गते सरकारले देउराली जनता फर्मास्युटिकल  र लोमस फर्मास्युटिकलका संञ्चालकलाई पक्राउ गरेको थियो । पक्राउ परेका उद्योगीलाई तत्काल विनाशर्त रिहाइ नगरे देशभर औषधिको वितरण रोक्ने व्यवसायीको चेतावनी आएपछि सरकारले उनीहरुलाइ रिहा गरेको थियो । 


यता औषधि व्यवस्था विभागले भने सरकारले यसअघि तोकेकै मूल्यमा औषधिको विक्रिवितरण हुनुपर्ने अडान राखेको छ ।

 

विभागका महानिर्देशक बालकृष्ण खकुरेलले सबै उद्योगी र व्यवसायीको सहमतिमा मूल्य निर्धारण गरेको दावी गर्दै उही मूल्यमा औषधि बिक्रि हुने जानकारी दिनुभयो । भूकम्प, नाकाबन्दी लगायत समस्याले गर्दा नया मूल्य लागु गराउन गाह्रो भएकाले औषधि उत्पादकलाई थप केही समय दिइएको उहाँले जानकारी दिनुभयो । 

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts