'रेविजको सुई लगाएपछि थाहा भयो ५ महिनाको गर्भ छ'



Download our app to get more features

काठमाडौं, २२ कात्तिक । अस्पतालमा आफु बसी रहेको बेडमा एउटा गुडिया सँगै लिएर सुतिरहेकी एक १२ वर्ष बालिका । यो भनि रहँदा तपाईंहरुलाई लाग्न सक्छ कुनै बच्चाको अस्पतालको घटना । तर, यो हो थापाथलिस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालको एक दृश्य । उनी १२ वर्षकी बालिका गर्भवती छन् । उनलाई यसबेला अस्पताल भर्ना गरिएको छ । 

अछाम घर भएकी ती बालिका आफ्नो खुशीले गर्भवती भएकी होइनन् । उनी आफैं जन्मजात असक्षम र मानसिक समस्याबाट पीडित छन् । उनी राम्रोसँग बोल्न पनि सक्दिनन् । साथै उनी सुस्त मनस्थितिको अवस्था रहेको रहेको उनका ठूलो बुबाले बताए । 

के भएको थियो घटना 
दुई साता अघि जंगलमा गएको बेला उनलाई कुकुरले टोकेको थियो । कुकुरले टोकेपछि रेविज विरुद्धको सुई लगाउन उनलाई बयलगाडा अस्पतालमा लगियो । 

त्यो अस्पतालमा जान उनको घरबाट प्रति जना ५ सय गाडी भाडा लाग्छ । बालिकाका आमाबुबा दुवै सुस्त मनस्थितिका भएकाले उनलाई उनकै ठूलोबुबा कर्णबहादुर बोहोराले अस्पताल लगे । अस्पतालमा उनलाई तीन ओटा सुई लगाइएको बोहोराले बताए । 

बोहोराले सुनाए ‘सुई लगाएर अस्पतालबाट घर फर्कने सुरसार हुँदा पेट अचानक सुन्निदै आयो । त्यसपछि के भयो भनेर सोही सुई लगाउने डाक्टर कहाँ पुगे । डाक्टरले त्यँहाबाट जिल्ला अस्पताल अछाम रेफर गरिदिए ।’ 

जिल्ला अस्पतालमा पुगेर जाँच गरेपछि डाक्टरले नानी गर्भवती रहेको रहेको जानकारी दिए । अनीमात्र थाहा भयो उनको त ५ महिनाको गर्भ रहेछ । डाक्टरले यो कुरा सुनाउँदा पत्याउनै गाह्रो भएको उनी बताउँछन् । 

१२ वर्षकी अवोध बालिका गर्भवती भएको थाहा भएपछि उनले प्रहरीलाई खबर गरे । 

बोल्न नसक्ने बालिकाले अस्पष्ट रुपमा दिएको बयानका आधारमा दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पनि बोहोराले जानकारी दिए । 

प्रसुति गृहमा पनि डाक्टरहरुले उनलाई अस्पताल राख्नुपर्छ या पर्दैन, कति राख्नुपर्छ भन्ने केहि पनि जानकारी दिएका छैनन् । तर, उनको वाडमा रहेका नर्सहरुले भने उनको स्वास्थ्य अवस्था ठिक रहेको बताएका छन् । 

जिल्ला अस्पतालले प्रसुति गृहमा रिफर गरेपछि उनीहरु काठमाडौं आएका हुन् । उनको उपचारमा अस्पतालका साथै वडा कार्यालयबाट पनि सहयोग आएको बोहोराले बताए । 

Last modified on 2019-11-08 12:31:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts