यस्ता छन् मधुमेहबाट हुने जोखिम



Download our app to get more features

मधुमेह एक प्रकारको दीर्घ रोग हो । यो रोग जसलाई र जुनसुकै उमेर समूहका मानिसमा हुन्छ । साधारण भाषामा बुझ्नु पर्दा रगतमा चिनीको मात्रा अर्थात सुगर बढी भएपछि देखिने रोगलाई मधुमेह अर्थात डायविटिज भनिन्छ । यो समयमा उपचार भएन भने विभिन्न जटिलता आउछ । मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. बजरङ कुमार रौनियारको भनाइ यस्तो छ ।

कारण

मधुमेह विभिन्न प्रकारका हुन्छन्, सबैभन्दा बढी 'प्रकार २' मधुमेहमा इन्सुलिनको उत्पादन पर्याप्त मात्रामा हुँदैन र इन्सुलिनले उचित मात्रामा काम पनि गर्न सक्दैन । यसलाई इन्सुलिनमा निर्भर नरहने मधुमेह पनि भनिन्छ । यो मधुमेह नेपालमा सबैभन्दा बढी देखिएको छ । यो करीब ९० प्रतिशत मधुमेह रोगीमा पाइन्छ । यो चाहि जीवनशैली बताउने रोग हो  ।

मधुमेहमा कस्ता लक्षण आउछन्

  • ५० प्रतिशत बिरामीमा मधुमेह भएपछि पनि कुनै लक्षण हुदैन बाकीँ ५० प्रतिशतमा निम्न लक्षण छन ।
  • तिर्खा बढी लाग्ने ।
  • घाउहरु छिटो निको नहुने ।
  • पिसाब बढी लाग्ने ।
  • भोक बढी लाग्ने ।
  • थकाइ  बढी लाग्ने ।
  • तौल घट्दै जाने  ।
  • हातखुट्टा झम्झमाउने ।
  • आँखामा समस्या आउने।

जोखिम

यो दीर्घ रोग पनि हो त्यसैले निम्न जोखिम हुन्छ ।

  • मधुमेह भएपछि हर्ट अट्याक हुने सम्भावना  ४ गुण बढी हुन्छ ।
  • किट्नीमा असर भई किट्नी ड्यामेज हुने सम्भावना हुन्छ ।
  • आँखामा असर गर्ने हुन्छ ।
  • प्यारालाईसिस हुने सम्भावना ४ गुण बढी हुन्छ ।

ध्यान दिनु पर्ने कुरा

  • मधुमेहवारे जचेतना र ज्ञान हुन पर्छ ।
  • सुगरको जाँच गराउने ।
  • सुगर भएपछि सुगरलाई कन्ट्रोल गर्नुपर्छ ।
  • जीवनशैलीमा परिवर्तन गर्नुपर्छ ।
  • औषधि नियमित सेवन गर्ने ।
  • रेगुलर जाँच गराउनु पर्छ ।

उपचार

यस्ता लक्षणहरु भएको ब्यक्तिलाई तुरुन्त अस्पताल लैजानैपर्छ । जीवनशैलीमा नै परिवर्तन गर्ने, खानेकुरा मिलाएर खानुपर्छ ।

  • सुगरको औषधि डाक्टरको सल्लाहमा लिने ।
  • तनाव लिन हुदैन ।
  • नियमित व्यायम गर्नु पर्छ ।

(इन्डोक्राइनोलोजिष्ट डा. रौनियार ओम अस्पतालमा आवद्ध हुनुहुन्छ )

Last modified on 2019-11-14 15:22:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts