के तपाईंलाई 'म बिरामी छु' भन्ने भ्रम छ ?



Download our app to get more features

स्वास्थ्य समस्याले मानिसलाई निकै तनाव दिन्छ । डाक्टरहरुले त्यस्ता बिरामी भएको भ्रममा बाँच्नेहरुलाई केही समस्या छैन भनेर सम्झाउने गरेका छन् । तर, बिरामी मान्दैनन् र आफूलाई कुनै न कुनै रोगले सताएको दलिल पटक पटक पेश गर्छन् ।

रोयल लण्डन अस्पतालका चिकित्सक डा. सुजैनओ सुलिवनले यस्तै समस्या भएका बिरामीको उपचार गर्दै आएका छन् । उनका अनुसार यस्तो भ्रम राख्नेहरुलाई शरीरमा कुनै स्वास्थ्य समस्या नभई मष्तिस्कमा ‘मलाई केही भएको छ’ भन्ने भ्रम पाल्ने एक किसिमको मानसिक चिन्ता हुने रोग हुन्छ ।  

यस्तो किसिमको मानसिक चिन्ताका रोगीलाई कुनै घटना वा कारणले चिन्तित भएर आफ्नो स्वास्थ्यमा केही न केही स्वास्थ्यमा समस्या भएको भ्रम पाल्छन् ।

डा. सुजैनले यस्ता मानसिक चिन्ताका रोगीकाबारेमा ‘इट्स अल इन योर हेड’ नामक पुस्तक नै लेखेका छन् । ‘जसले मष्तिस्कमा बिरामी भएको भ्रम पाल्छन्, उनीहरु अन्धोपन, थकाई, वा तनावमा रहने र हतारमा हुने समस्यामा रहन्छन् ।’ उनले आफ्नो पुस्तकमा लेखेका छन् ।

यस्ता मानसिक चिन्ताका रोगीलाई सबैभन्दा बढी दया, माया, स्नेह र हौसला चाहिने र यो एक प्रकारको खतरनाक मानसिक रोग भएका मनोचिकित्सकहरु बताउँछन् ।

भर्खरै गरिएको एक अनुसन्धानका अनुसार १ सय जना बिरामीमा ३० जनालाई यस्तो समस्या हुने र महिलाको हकमा झन् अझ यो संख्या बढेर ५० जनासम्म यो समस्याबाट पीडित भएको डा. सुजैनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
 
यो समस्यालाई स्वास्थ्य क्षेत्रमा सामान्य रुपमा लिन नहुने र उनीहरुलाई उचित परामर्शको जरुरत पर्ने डा. सुजैनको सल्लाह छ । उनी यस्तो समस्या भएमा बिरामीलाई तुरुन्त मनोचिकित्सकसँग भेट्न सल्लाह दिन्छन् । जबवाट उनीहरुको भ्रम हटाउन सकियोस् । अन्यथा अन्य दुर्घटना हुने सम्भावना हुन्छ ।

यस्तो किसिमको मानसिक रोगको उपचार गर्न लामो समय पनि लाग्न सक्ने भएकोले परीवार र आफन्तले माया, प्रेम र हौसला तथा आत्मविश्वास दिनुपर्ने विज्ञहरुको सुझाव छ ।

डा. सुजैनले यस्तो मानसिक समस्याको उपचार गर्न मेडिकल कोर्समा कुनै पढार्ई नभएकोले आगामी दिनमा पाठ्यक्रममा पनि समावेश गर्नुपर्ने धारणा पनि राखेका छन् ।
 
मनोचिकित्क डा. धनरत्न शाक्यका अनुसार मानिसहरुको मनमा विभिन्न किसिमको विचारहरु आउने र त्यो स्वास्थ्य सम्बन्धि गम्भीर चिन्ता, भ्रम र मतिभ्रम हुने बताए । उनले यस्ता बिरामीलाई उपचार गर्न रोग अनुसार औषधिको मात्रा नदिई मनोचिकित्सकसँग परामर्श लिनुपर्ने बताए । मानसिक समस्या भएका बिरामीको उपचारमा घर परीवार र आफन्तले पनि पूर्ण सहयोग गर्नुपर्ने डा. शाक्यको भनाइ छ ।

मानसिक रोगीको उपचार गर्दा विचार र व्यवहार मिलाउने थेरापी गर्नुपर्ने मनोचिकित्सकहरु बताउँछन् । नेपालमा चिन्ता, भ्रम र मतिभ्रम भएका १५ देखि २५ प्रतिशत मानसिक रोगी भएको विज्ञहरुको आकलन छ ।  

Last modified on 2019-12-24 12:29:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts