घर भित्रै बढ्दैछ ग्यास उत्पादन, तपाईंलाई बनाउन सक्छ मन्दबुद्धि !



Download our app to get more features

वायु प्रदूषण र जलवायु परिवर्तनका कारण मानव शरीरलाई असर गर्ने गरेको सबैलाई थाहा छ । तर, के तपाईंलाई थाहा छ, यसको असर मानसिक रुपमा पनि पर्न थालेको छ ?

अमेरिकाको कोलोराडो यूनिभर्सिटीका प्राध्यापकद्वारा गरिएको एक अध्ययनमा जलवायु परिवर्तनको प्रमुख कारक बनेको कार्बन डाईअक्साइडले मानिसको सोच्ने र बुुझ्ने क्षमतलाई विस्तारै कम गर्दै गएको पाइएको छ । मानिसको विभिन्न गतिविधिका कारण पृथ्वीमा कार्बन डाईअक्साइड उत्पादन र हानिकारक ग्यास उत्पादन हुन थालेको छ ।

कार्बन डाईअक्साइडको असरले मानिसको कुनैपनि कुरामा ध्यान केन्द्रित हुनमा समस्या उत्पन्न हुन सक्ने अध्ययनमा पाइएको छ । बाहिरको तुलनमा घर भित्रै हुने हानिकारक ग्यासले यस्तो समस्या निम्तिन थालेको छ । जहाँ जति धेरै मानिस हुन्छन् त्यहाँ त्यति नै धेरै कार्बन डाईअक्साइड पाइन्छ ।

मानिस आफैं कार्बन डाईअक्साइड उत्पन्न गर्ने मेसिन रहेको पनि अध्ययनमा उल्लेख गरिएको छ ।  वैज्ञानिकहरुले यदि खतरनाक ग्यासहरु यसरी नै तिव्र गतिमा बढ्ने हो भने सदीको अन्त्यसम्ममा मानिसको सबै क्षमता नै हराएर जान सक्ने दावी गरेका छन् । 

Last modified on 2019-12-24 12:13:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts