काठमाडौंको न्यूनतम तापक्रम ०.९, सतर्कता अपनाउन चिकित्सकको सुझाव



Download our app to get more features

काठमाडौं, १० पुस । विहीबार बिहान काठमाडौं उपत्यकाको तापक्रम ०.९ डिग्री सेन्टिग्रेडमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार विहीबार बिहान ८ः४५ बजे काठमाडौं उपत्यकाको तापक्रम ०.९ मापन गरिएको हो ।
महासाखाका अनुसार बिहीबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री थियो । तर त्यसपछि मापन गर्दा अझै घटेर ०.९ पुगेको थियो । विहीबार काठमाडौंको अधिकतम तापक्रम १६.७ डिग्री सेन्टिग्रेडसम्म पुग्नसक्छ ।

यस्तो छ चिकित्सकहरूको सुझाव
देशभर बढिरहेको चिसोका कारण मानव स्वास्थ्य प्रभावित हुने भन्दै चिकित्सकहरूले सतर्क रहन सुझाव दिएका छन् । यो बेला तराई मधेसको शितलहर र पहाडी–उच्च पहाडी भेगमा बढ्दो चिसोले विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने उनीहरुको चेतावनी छ । 
चिसोका कारण वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीहरू छिट्टै प्रभावित हुने भएकाले यस्ता व्यक्तिको विषेश ख्याल गर्नु पर्छ । साथै अन्य व्यक्तिले पनि जाडोको बेला सकेसम्म घर बाहिर ननिस्कन, न्यानो कपडा लगाउन, तातो झोलिलो पदार्थ प्रशस्त पिउनु पर्ने उनीहरुको भनाइ छ । 


 

Last modified on 2019-12-26 15:12:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts