कोरोना भाइरस संक्रमणको आशंकामा थप एकजनाको नमूना विदेश पठाइँदै



Download our app to get more features

काठमाडौं, १० माघ । चीनबाट महामारीको स्वरुप लिएको कोरोना भाइरस नेपाल पनि प्रवेश गरेको छ । कोरोना भाइरस संक्रमण नेपाल भित्रिएको पुष्टि भएकै दिन अर्का एक सम्भावित व्यक्तिको नमूना विदेश पठाउन लागिएको छ । 

टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सरुवा रोग विशेषज्ञ डा. बासुदेव पाण्डेले ती बिरामीको टेकु अस्पतालमा आइसोलेशन वार्डमा निगरानीमा राखिएको बताए । ती व्यक्तिको नमूना पनि परीक्षणका लागि हङकङ पठाउने तयारी गरिएको डा. पाण्डेले जानकारी दिए । स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक डा. पाण्डेले कोरोना भाइरस संक्रमितलाई उपार गर्न अस्पताल तयार रहेको दावी गरे ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको नियन्त्रणका लागि मन्त्रालयले सबै निकायलाई क्रियाशिल बनाएको र यसको रुप हेरेर व्यवस्थापनका थप नीति लिइने बताए । 

Last modified on 2020-01-24 19:35:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts