तोकेभन्दा बढि शुल्क लिएको भन्दै मेडिकल कलेजहरु विरुद्ध संसदीय समितिमा उजुरी (प्रमाणसहित)



Download our app to get more features

काठमाडौं, १५ माघ । सरकारले तोकेको भन्दा बढि शुल्क लिएको भन्दै काठमाडौं विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजहरु विरुद्ध उजुरी परेको छ । 

सम्पूर्ण विद्यार्थी र अभिभावकको तर्फबाट भन्दै डा. घनश्याम पाण्डेले दिएको उजुरीमा कलेजहरुले सरकारले तोकेको भन्दै ४ देखि ६ लाखसम्म अतिरिक्त रकम असुल गरिरहेको उल्लेख गरिएको छ । चिकित्सा शिक्षा आयोगले सार्वजनिक विज्ञप्ति निकालेर कोही पनि अभिभावकलाई अतिरिक्त रकम नतिर्न अपिल गरेको थियो । तर, मेडिकल कलेजहरुले भने काठमाडौं विश्वविद्यालयको नियमानुसार भन्दै ४ देखि ६ लाखसम्म अतिरिक्त रकम उठाइरहेका हुन् । काठमाडौं मेडिकल कलेजले एकजना विद्यार्थीसँग गरेको कबुलियतनामामा ५ वर्षपछि गर्ने इन्टर्नसिपको पैसा सुरुमै लिइएको छ । त्यस्तै कलेजमा भर्ना हुँदा धरौटी राख्नुपर्ने सर्वमान्य सिद्धान्त भन्दै अर्को दुईलाख रकम उठाइएको छ । 

हेरौं फोटो


डा. पाण्डेले हालेको उजुरीमा मेडिकल कलेजहरुले अतिरिक्त शुल्क लिँदापनि नियामक निकाय मुकदर्शक भएर बसेको आरोप लगाइएको छ । 

हेरौं संसदीय समितिमा दर्ता गराइएको उजुरी


गुनासो गर्ने अभिभावक र विद्यार्थीहरुले मेडिकल कलेजहरुले भर्नाको अन्तिम समयमा कलेजले दवाव दिएको बताएका थिए । चिकित्सा शिक्षा आयोगले तोकिएको शुल्कभन्दा रकम लिने मेडिकल कलेजलाई कार्वाही गर्ने बताएको थियो । 
हेरौं सूचना 


काठमाडौं मेडिकल कलेज बाहेक अरुपनि मेडिकल कलेजहरुले बढि शुल्क लिइरहेका छन् । बिराट मेडिकल कलेजले पनि विभिन्न बहानामा बढि शुल्क लिएको तस्वीर बाहिरिएको छ । 


चिकित्सा शिक्षा आयोगले यसअघि एमबीबीएसका लागि काठमाडौंभित्र अधिकतम ४० लाख २३ हजार २ सय ५०, काठमाडौं बाहिर ४४ लाख ३६ हजार पच्चीस रुपैयाँ तोकेको थियो । हेरौं एमबीबीएस र बीडीएसको आयोगले तोकेको शुल्क र बढि लिनेलाई कार्वाही गर्ने सम्बन्धी व्यवस्था ।  


 

फोटोहरुः योङ डक्टर्स एशोसियसन

Last modified on 2020-01-30 11:42:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts