अन्तर्राष्ट्रिय कण्डम दिवस

कण्डमबारे तपाईंले थाहा नपाएका रोचक तथ्य



Download our app to get more features

कण्डमबारे सामान्य जानकारी नहुने व्यक्ति सायदै होलान् । जनचेतनाका कमिले अझैपनि आम मानिसले कण्डम सहजै प्रयोग गर्न हिचकिचाउँछन् भने कतिपयका लागि अत्यावश्यक दैनिक उपभोग्य साधन पनि बनिसकेको छ । 

♦ कण्डमको प्रयोग कति पुरानो हो ? फ्रान्सको एक गुफामा यसको आकार बनाइएको पाइयो । कण्डमको प्रयोग पन्ध्र हजार वर्ष पहिलेदेखि हुँदै आएको छ । स्वीडेनमा पनि सबैभन्दा पुरानो कण्डम पाइएको थियो ।
 
♦ अमेरिकाको परिवार नियोजनले सार्वजनिक गरेको तथ्य अनुसार कण्डम पाउन पहिले निकै मुस्किल पर्थ्यो । अमेरिकामा डाक्टरको प्रेस्किप्सनपछि मात्रै कण्डोमको प्रयोग सम्भव हुन्थ्यो । यसलाई सन १९२८ बाट वेंडिङ मेसिनबाट निकालिएको हो । साथै सोची ओलम्पिकका दौरान खेलाडिहरुका लागि ओलम्पिक भिलेजमा एक लाख कण्डोम लगिएको थियो ।
 
♦ १६ औं शताब्दीमा कण्डमको आविष्कार साइफलसिको बिमारी रोक्न गरिएको थियो । त्यसबेला फ्रान्समा कैयन मानिस गुप्त रोग ‘साइफलसि’ बाट मरिरहेका थिए । त्यतिबेलासम्म यो रोगको कुनै उपचार सम्भव भएको थिएन । ग्याबरियल फ्यालेपियोले यसको उपचार पत्ता लगाउन प्रयास गरे । उनले लिनन सिथ्सको एक केमिकल सोलुसनमा मिलाए, फेरि सुकाए । यो सिथ्यसलाई पुरुषको लिंगमा लगाइयो अनि रिबनले बाँधियो । यसको प्रयोगबाट शारिरीक सम्बन्धका दौरान पनि  साइफलिस हुन छाड्यो ।
 
♦ कण्डममा प्रयोग हुने मेटिरियल प्राय बदलिइरहन्छ । कहिले यसलाई लेटेक्सबाट बनाइन्छ भने, कहिले विभिन्न जनावरका आन्द्राको प्रयोग यसमा गरिन्छ । यसलाईपछि लिनन, स्लिक तथा लेदरबाट बनाउने कोशिससमेत भइसकेको छ ।
 
♦ जनावरको आन्द्राबाट बनाइन्थ्यो । सोही कारण कण्डम एकदमै महँगो हुन्थ्यो, यसको प्रयोग कतिपयले दुई पटकसम्म गर्थे । उन्नाइसौ शताब्दीमा यो यति सस्तियो कि मानिसहरुले यसलाई एक पटक प्रयोग गरेर फ्याँक्न थाले । बिस्तारै यो युज एण्ड थ्रो का लागि नै बनाउन थालियो ।
 
♦ यसलाई संसारभर कैयन सेलिब्रेटीहरुले समर्थन गरेका छन् । सेफ सेक्सलाई बढावा दिनका लागि यसको जोडतोडका साथ प्रचार र प्रवद्र्धन हुँदै आएको छ ।
 
♦ के तपाईंलाई थाहा छ, मोर्डन कण्डममा एक ग्यालेन पानीसमेत अटाउन सक्छ । यसको प्रयोग सैनिकहरुले राईफललाई पानीबाट बचाउन तथा आगो सल्काउन पनि गर्ने गरेका छन् ।
 
♦ पछिल्लो केही दशक यता कण्डमको आकार र टाइपमा निकै परिवर्तन आएको छ । यतिसम्लम कि अहिले त कण्डमहरु विभिन्न फ्लेबरदेखि लिएर अलगअलग प्रकारका लुब्रिकेटिड बजारमा उपलब्ध छ । यसलाई पहिले निकै नै गोप्य साधनका रुपमा लिइन्थ्यो तर अहिले आएर यो निकै सामान्य बनिसकेको छ ।

♦ के तपाईंलाई थाहा छ, इन्भिजिवल कण्डम बनाउनका लागि निरन्तर प्रयास जारी छ । यसलाई लगाउने बित्तिकै लिंगमा भएको तापक्रमका कारण त्यो त्यहीँ फिट हुन्छ र सुरक्षा पनि दिन्छ । प्रयोगपछि त्यसलाई निकाल्न पनि सकियोस् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts