सार्क मन्त्रीस्तरिय बैठक अवधिभर पोखरामा चार अस्पताल तयारी अवस्थामा 

What's This?


Download our app to get more features

पोखरा, २ चैत्र । दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन सार्कको मन्त्रीस्तरिय बैठकका लागि पोखरामा चार वटा अस्पताललाई तयारी अवस्थामा राखिएको छ । 

बैठककाम भाग लिन आउने अतिथी तथा प्रतिनिधिहरुको स्वास्थ्य उपचारका लागि पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल, मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज र फिस्टेल अस्पताल छनौट गरीएको छ । 

आइतबारदेखि शुरु भएको बैठकमा सहभागी हुने प्रतिनिधिहरुको स्वास्थ्य संवेदनशीलाई ध्यानमा राखी बैठक अवधिभर अत्याधुनिक सुविधासहित चिकित्सक, प्राविधिक टोली र एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिएको सार्क मन्त्रीस्तरिय वैठक सम्पन्न गर्न गठन भएको स्वास्थ्य उपसमितिले जनाएको छ । 

बैठकमा सार्क राष्ट्रका सरकारका सहसचिव, सचिव र विदेश मन्त्रीहरुको सहभागी छन् । बैठक अवधीभर छनौट भएका चार अस्पतालहरुमा २ २ वटा आसियू वेड र १ १ वटा डिलक्स क्याविन तयारी अवस्थामा राखिएको छ भने विशेषज्ञ चिकित्सकलाई उच्च सर्तकताका साथ तयारी अवस्थामा उपसमितिले जनाएको छ । बैठक बुधबारसम्म चल्नेछ । 
 

Last modified on 2016-03-15 15:41:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts