भारत र तराईबाट आउने यात्रुको स्वास्थ्य परीक्षण गर्न डडेल्धुराको स्याउलेमा हेल्थ डेस्क स्थापना



Download our app to get more features

डडेल्धुरा, ९ चैत । सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्लाको ‘ट्रान्जिट प्वाइन्ट’ को रुपमा परिचित डडेल्धुराको स्याउलेमा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) स्थापना भएको छ।
अमरगढी नगरपालिकाले स्वास्थ्य कार्यालय डडेल्धुरासँगको समन्वयमा नगरपालिकाको वडा नम्बर १ स्याउलेमा हेल्थ डेस्कको स्थापना गरेको हो ।   

तराईका जिल्लाहरुबाट आउने यात्रुहरूको स्वास्थ्य परीक्षणका लागि शनिबारदेखि स्वास्थ्य सहायता कक्ष सञ्चालनमा ल्याएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए। हेल्थ डेस्कमा हाललाई एक–एक जना स्वास्थ्यकर्मी खटाइएको छ। आवश्यकताअनुसार थप जनशक्ति परिचालन गर्ने प्रमुख श्रेष्ठले बताए। 

भारत तथा देशका अन्य स्थानबाट धमाधम यात्रु भित्रिरहेकोमा यस हेल्थ डेस्कमा यात्रुको स्वास्थ्य परीक्षण गरिने नगरप्रमुख विशेश्वरप्रशाद ओझाले बताए। ‘स्याउले भएर सातै पहाडी जिल्लाका सवारी साधन जाने गर्छन । यहाँ चेकजाँच भएमा कोरोनाको जोखिम केही मात्रामा भएपछि कम हुन्छ ।’ उनले भने।

Last modified on 2020-03-23 14:20:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts