नेपाल बाहिरका १२ नेपालीमा कोरोना, २ जनाको मृत्यु



Download our app to get more features

एजेन्सी, १२ चैत । नेपाल बाहिर रहँदै आएका नेपालीहरु मध्ये हालसम्म १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित १२ जनामध्ये २ जनाको मृत्यु समेत भइसकेको छ ।

यूएईस्थित नेपाली दूतावासका अनुसा यूएईमा २ जनालाई कोरोना भाइरस लागेको थियो ।  उनीहरुको हाल उपचार भइरहेको छ । यस्तै पोर्चुगलमा रहेको २ जना नेपालीमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ । पोल्याण्ड गएका २ जना नेपालीमा पनि कोरोना भाइरस देखिएको छ । उनीहरूको हाल त्यही देशमा उपचार भइरहेको छ । अमेरिकाको न्युयोर्कमा २ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । यस मध्ये एक जनाको मृत्यु भएको छ भने एक जनाको उपचार भइरहेको छ ।

बेलायतको लन्डनमा एक नेपाली महिलालाई कोरोना भाइरसको संक्रमण भएको छ । उनको हाल आइसियुमा उपचार भइरहेको छ । यस्तै, करिब ३ साताअघि नेपालबाट बिदा मनाएर अस्ट्रेलिया फर्किएका एक विद्यार्थीमा कोरोना भाइरसबाट संक्रमण पाइएको छ ।

हालसम्म विश्वमा चार लाख २३ हजार ६ सय ८१ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भइसकेको छ भने यसबाट १८ हजार ९ सय २२ जनाको मृत्यु भएको छ । कोरोना भाइरस सुरुमा चीनमा देखिए पनि अहिले यसले  यूरोपलाई केन्द्र बनाइरहेका छ ।

 

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts