स्वास्थ्य मन्त्रालयले भन्यो : र्यापिड टेष्ट किट प्रयोग नगर्नू



Download our app to get more features

काठमाडौं, १८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणका लागि विकास भएका भनिएका र्यापिड टेष्ट किटको गुणस्तर र प्रभावकारितामा विवाद रहेकाले प्रयोगमा नल्याउन अपिल गरेको छ । 

मन्त्रालयले मंगलबार गरेको नियमित प्रेस ब्रिफिंङका क्रममा मन्त्रालयका स्वास्थ्य विज्ञ डा. खेम कार्कीले कोरोना भाइरस भएनभएको तुरुन्त पत्ता लाग्ने किट विकास भएको र प्रयोगमा आए पनि त्यसलाई विश्व स्वास्थ्य संगठनले स्वीकृत नगरेको प्रष्टाए । सो परीक्षणबाट आउने रिपोर्टले ठूलो क्षति हुनसक्ने भन्दै डा. कार्कीले डब्लुएचओ र सरकारको मान्यता नपाएको सो परीक्षण कसैले पनि नगर्न आग्रह गरेको हो । 

मन्त्रालयले गाउँघरतिर कोरोना भाइरसको त्रासले किसानले खेतिपाती नै गर्ने नगर्ने दुविधामा भएको सुनिएकाले त्यस्तो भ्रममा नपरी सजगताका साथ नियमित काममा सहभागी हुने भनेको छ । यता, कोरोना संक्रमण फैलने डरले कतिपय घरभेटीले स्वास्थ्यकर्मीलाई कोठा छाड्न दबाब दिएको समाचार आएको र त्यसो गर्ने घरभेटीविरुद्ध स्थानीय प्रशासनमा उजुरी दिन मन्त्रालयले सुझाव दिएको छ ।

यो पनि पढ्नुहोस् । 

स्वास्थ्य मन्त्रालयको बदमासी: कामै नलाग्ने र्यापिड टेस्ट किट किन्न साँढे सातकरोड खर्च

Last modified on 2020-03-31 20:47:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts