EXCLUSIVE

स्वास्थ्य मन्त्रालयको बदमासी: कामै नलाग्ने र्यापिड टेस्ट किट किन्न साँढे सातकरोड खर्च



Download our app to get more features

काठमाडौं, १८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री भानुभक्त ढकालले प्रमुख स्वास्थ्यविज्ञ बनाएर भित्राएका डा. खेम कार्कीले मंगलबारको प्रेस ब्रिफका क्रममा एउटा निर्देशन जारी गरे । उनले कोरोना भाइरस परीक्षणका क्रममा र्यापिड टेस्ट किट प्रयोग नगर्न अपिलमात्र गरेका छैनन् त्यसको प्रयोग विवादास्पद रहेको बयान समेत दिएका छन् । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले समेत अनुमति नदिएको र्यापिड टेस्ट किट प्रयोगबाट आएको भ्रमपूर्ण नतिजाले ठूलो सामाजिक क्षति हुनसक्ने तर्फपनि सचेत गराएका छन् । 

पछिल्ला दिनमा मन्त्रालयका प्रवक्तासँगै पत्रकार सम्मेलनमा वक्तव्य दिइरहेका कार्कीले र्यापिड टेस्ट किटको गुणस्तरमा प्रश्न उठाइरहँदा यता उनै डा. कार्कीले समेत हस्ताक्षर गरेको विवरणमा स्वास्थ्य मन्त्रालयले भर्खरैमात्र ७५ हजार थान र्यापिड टेस्ट किट किनेको उल्लेख छ । जस अन्तर्गत सो किटका साथै अन्य मेडिकल उपकरण सामाग्रीको पहिलो लट सोमबार आइसकेको छ । भने दोश्रो र तेश्रो लट यसैसाता नेपाल आउने भनि सो विवरणमा उल्लेख छ । 

प्रयोग नै नहुने किटलाई साँढे सातकरोड खर्च
हाल तीव्र विवादमा रहेको मन्त्रालयको उपकरण खरिद प्रकरणमा खुराफाती भएको भन्ने तर्कलाई बलियो आधार यहि टेस्ट किट खरिदमा देखिएको छ । मन्त्रालयको कोभिड १९ रोकथाम तथा व्यवस्थापनको सामाग्री आपूर्ति विवरणमा र्यापिड डाइग्नोष्टिक किट ७५ हजार थान किनेको उल्लेख छ । जसका लागि मन्त्रालयले प्रति किट ८ डलर खर्च गरेको छ । ६ लाख डलरको टेस्ट किट खरिद गरिएको छ । जसको नेपाली पैसा करिब ७ करोड २५ लाख हुन्छ ।

यो हेर्नुहोस् 

यता मन्त्रालयका प्रमुख स्वास्थ्य विज्ञका रुपमा रहेका डा. खेम कार्कीले र्यापिड टेस्ट किटलाई विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले स्वीकृति नदिएको र यो विवादास्पद रहेको दलिल प्रस्तुत गरेका थिए । 

यो हेर्नुहोस् 

स्वास्थ्य मन्त्रालयले भन्यो : र्यापिड टेष्ट किट प्रयोग नगर्नू

मन्त्रालयले उक्त स्वास्थ्य उपकरण खरिद गर्न ललितपुरको ओबिसिआई भन्ने कम्पनीलाई एकलौटी ठेक्का दिएको थियो । सो ठेक्कको प्रकृयालाई लिएर प्रशस्त प्रश्नहरु उठिरहेका बेला मन्त्रालयको यस्तो हेराफेरी बाहिरिएको हो । उपकरण खरिदमा यो मात्र नभै बिना प्रतिस्पर्धा धेरै महंगो मूल्य हालेको समाचारहरु समेत बाहिरिएका छन् । 

यता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाले पनि र्यापिड टेस्ट किटलाई विश्व स्वास्थ्य संगठनले अनुमोदन नगरेको बताइन् । कामै नलाग्ने उपकरण खरिद चाहीँ किन गरियो त भन्ने प्रश्नमा डा. झाले सो प्रश्न मन्त्रालयलाई नै सोध्न आग्रह गरिन् । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटासँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुनसकेको छैन । 

यो पनि पढ्नुहोस् 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता भन्छन्ः र्यापिड टेस्ट किट प्रयोग हुन्न, किन किनियो बुझ्नुपर्छ

Last modified on 2020-03-31 21:37:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts