स्वास्थ्य मन्त्रालयका प्रवक्ता भन्छन्ः र्यापिड टेस्ट किट प्रयोग हुन्न, किन किनियो बुझ्नुपर्छ



Download our app to get more features

काठमाडौं, १८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरसको परीक्षण्का लागि र्यापिड टेस्ट किट प्रयोग नगरिने स्पष्ट पारेका छन् । 

विश्व स्वास्थ्य संगठनले समेत स्वीकृति नदिएको र धेरै देशमा विवादित रहेकाले सो किटको प्रयोग नहुने थपे । तर, उनले सो प्रयोग नै नहुने किट किन खरिद गरियो भन्ने जवाफ चाहीँ बुझ्नुपर्छ भन्दै पन्छिए । 

प्रयोग नै गर्न नमिल्ने टेस्ट किटलाई प्रति किट ८ डलर हालेर ७५ हजार थान किन किनियो त भन्ने प्रश्नमा सुरुमा डा. देवकोटाले सो किट नकिन्ने र नल्याउने बताए । तर, सो ठेक्काको विवरण अनुसार त पहिलो लट आइसक्यो नि भन्ने प्रश्नमा डा. देवकोटाले त्यसबारेमा बुझ्नुपर्ने बताए । उनले फेरी सो किट नेपालस्थित सप्लायर्समा मात्र आएको हुनसक्ने अनुमान पेश गरे । 

सप्लायर्सले सामान भित्र्याउन पनि स्वास्थ्य मन्त्रालयका पदाधिकारीले निर्णय गर्नुपर्छ भन्ने प्रश्नमा अवाक बनेका डा. देवकोटाले बुझेर खबर गर्ने प्रतिक्रिया दिए । मन्त्रालयले हालै सार्वजनिक खरिद ऐन विपरित खरिद गरेको स्वास्थ्य सामाग्रीमध्ये ७५ हजार कामै नलाग्ने किट पनि खरिद गरेको समाचार हाम्रो डक्टर न्यूजमा आएसँगै मन्त्रालयका प्रवक्ताको यस्तो प्रतिक्रिया आएको हो । 

यो पनि पढ्नुहोस् 

स्वास्थ्य मन्त्रालयको बदमासी: कामै नलाग्ने र्यापिड टेस्ट किट किन्न साँढे सातकरोड खर्च


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts