स्वास्थ्यको उपकरण खरिद प्रकरणः अन्ततः मन्त्रालयले रद्द गर्यो ओबिसिआईसँगको ठेक्का



Download our app to get more features

काठमाडौं, १९ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्ततः यसअघिको विवादास्पद खरिद सम्झौता रद्द गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सम्झौता अनुसार आपूर्तिकर्ताले ल्याउन नसकेको र विवादित भएको भन्दै खरिद सम्झौता रद्द गरेको र ओम्नी ग्रुपलाई कालोसूचिमा राख्ने प्रकृया अघि बढाइएको बताए । 

फाल्गुन ३० मा टेन्डर आह्वान गरेर खरिदका लागि भनिएपनि कसैले टेन्डर नभरेपछि उच्चस्तरीय समितिको निर्णय अनुसार फास्ट ट्रयाकबाट खरिद प्रक्रिया अघि बढाउने क्रममा ओम्नी सहितका १५ वटा कम्पनीले टेन्डर मिट गरेको जानकारी दिँदै उनले ओम्नीले पनि समयमा सामान नदिएपछि ओम्नीसँगको खरिद प्रक्रिया रद्द गरिएको बताए ।

आपूर्तिको जिम्मा पाएको सो कम्पनीले पहिलो किस्ता अनुसार सोमबार पनि पूरा सामान ल्याउन नसकेको र बिहीवार आउन पर्ने दोश्रो लटपनि ल्याउन नसक्ने देखेपछि रद्द गरिएको उनको दावी छ । साथै, उनले यसअघिको खरिद प्रकृया पुरै वैध भएको दावी गर्दै अव नयाँ प्रकृया थालनी गरिने जानकारी दिए । त्यसका निम्ति आपूर्तिकर्ताहरु तयार रहेको पनि उनको दावी छ । 

यो पनि पढ्नुहोस् 

स्वास्थ्य मन्त्रालयको बदमासी: कामै नलाग्ने र्यापिड टेस्ट किट किन्न साँढे सातकरोड खर्च

Last modified on 2020-04-01 16:44:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts