क्रिकेट कप्तान खड्का थप उपचारका लागि दिल्ली प्रस्थान

What's This?


Download our app to get more features

चैत ३, काठमाण्डौं । नेपाली क्रिकेटका कप्तान पारस खड्का उपचारका लागि नयाँ दिल्ली गएका छन् । गत साता अचानक अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना भएका पारसको आन्द्रामा घाउ देखिएको थियो । उपचारपछि उनको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।


विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत नामिबियाविरुद्धको खेलका लागि नेपाली क्रिकेट टोली बन्द प्रशिक्षणमा रहेका बेला कप्तान पारस खड्का भने सोमबार श्रीमतीसहित दिल्ली गएका हुन् । 


उनले महत्वपूर्ण खेलका सहभागी हुनुपर्ने भएकाले प्रशिक्षाको सल्लाह अनुसार नै स्वास्थ्य अवस्थाबारे निश्चित हुन कप्तान खड्का परिवारसहित दिल्ली गएका हुन् । पारीवारीक स्रोतका अनुसार थापाको स्वास्थ्य समान्य भएपनि प्रशिक्षककै सल्लाह अनुसार उनी दिल्ली गएका हुन् । उनको अवस्था अहिले सामान्य रहेको छ । 


कप्तान थापा शनिबार स्वदेश फर्किनेछन् ।
 

Last modified on 2016-03-16 12:53:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts