झण्डै २ सय नर्सलाई बेतलबी बिदा बस्न नर्भिकको दवाव, नटेर्नेको सम्झौता नथप्ने भन्दै ब्ल्याकमेल


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic

काठमाडौं, ६ वैशाख । निजी अस्पतालहरुको छाता संस्था अफिनका अध्यक्ष तथा मोरक्कोका लागि नेपाली अवैतनिक वाणिज्यदूत रहेका उद्योगी बसन्त चौधरीले आफ्नो अस्पतालमा बिरामी नभएपछि झण्डै दुईसय नर्सलाई बेतलबी बिदाका नाममा जागिर छाड्न दवाव दिएको खुलेको छ । 

सँधै डेढसयभन्दा बढि अन्तरंग बिरामी हुने थापाथलीस्थित नर्भिक अस्पतालमा लकडाउनका कारण बिरामी नभएपछि चौधरीले नर्सहरुलाई तलब दिन नसकिने भन्दै बेतलवी बिदा बस्न दवाव दिएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालमा कार्यरत नर्सलाई बेतलबी बिदा बस्न नमान्नेलाई हप्ताको २४ घण्टामात्र काम गर्न दिइने र तिनीहरुको अर्को आर्थिकवर्षमा सम्झौता नविकरण नगर्ने भन्दै ब्ल्याकमेल गरेको अस्पताल स्रोतको दावी छ । नर्सहरुलाई जागिर छोडाउन अस्पतालले नर्सिंग इन्चार्जहरुलाई प्रयोग गरेको छ । इन्चार्जहरु बिदा बसेमा सबैजना बेतलबी बिदा बस्ने र नजिकका केही नर्सहरुबाट अस्पताल चलाउने रणनीति अस्पतालले लिएको छ । 

vayoda

Hamro Doctor Apps2

नर्सहरुलाई न्यून तलब दिएको आलोचना खेप्दै आएको अस्पतालले यस विषम परिस्थितिमा पनि बेतलवी बिदा बस्न दवाव दिएपछि नर्सहरु आक्रोशित भएर संघर्षस्वरुप आइतवारदेखि अस्पताल पनि नजाने र बिदा फारमपनि नभर्ने योजनामा लागेको अस्पतालका पीडित नर्सहरुले बताए । 

अरु बेलामा बिदा माग्दापनि नपाईने, श्रम ऐनविपरित हप्ताको ४८ घण्टाभन्दा बढि खटिनुपर्ने, अहिले चाहीँ बिरामी भएनन् भनेर निकाल्न खोज्ने ? आक्रोशित नर्सहरुले आफ्नो कर्मचारीको चाहीँ मानो काट्ने अनि सरकारी कोषमा १ करोड दिएर प्रचार गर्ने ? भन्दा त्यो देशका लागि भएको भन्दै उल्टो थर्काएको पीडित नर्सहरुले हाम्रो डक्टर न्यूजलाई बताए । 

यतिमात्र नभै अस्पतालले बेतलवी बिदा बसेपनि अस्पतालले बोलाएको खण्डमा भने जुनसुकै समयमा आउनेपर्ने शर्त राखेको छ । नर्सहरुलाई विभेदपूर्वक निकाल्न खोज्दापनि नर्सिङ संघले वास्ता नगरेको उनीहरुको गुनासो छ । नर्सहरुका साथै अस्पतालले चिकित्सकहरुको पनि तलब काट्ने तयारी गरेको छ । यद्यपी उनीहरुलाई भने कुनै दवाव नदिएको जनाइएको छ ।

यो पनि पढ्नुहोस्

नर्भिकले नर्सलाई हप्ताको ३६ घण्टा काम दिने, खुलेयाम झूठ बोल्दै बसन्त चौधरी

 

Hamro Doctor
Last modified on 2020-04-20 10:21:10

ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts