एशियनको स्यानिटाइजर 'सफा' बजारमा



Download our app to get more features

काठमाडौं, १५ वैशाख । एशियन फर्मास्यूटिकल्सको सफा नामक ह्यान्ड स्यानिटाइजर बजारमा आएको छ ।

औषधि व्यवस्था विभागले तोकेको मापदण्ड अनुसार एशियनले ह्यान्ड स्यानिटाइजर तयार पारेको हो ।

बिना कुनै रंग मिसिएको र ८० प्रतिशत अल्कोहल भएको स्यानिटाइजर तयार पारिएको हो ।  

स्यानिटाइजरको मूल्य विभागले १ सय २५ रुपैयाँ तोके अनुसारको छ ।

विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस विरुद्धको लडाइमा सर्वसाधारणलाई सहज होस् भन्ने उदेश्यले फर्मास्यूटिकल्सले स्यानिटाइजर उत्पादन सुरु गरेको हो ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts