लकडाउनमा घरमै पुगेर निःशुल्क दन्त्य सेवा दिँदै ओम समाज डेन्टल



Download our app to get more features

काठमाडौं, ५ वैशाख । लकडाउनको बेला ओम समाज डेन्टलले एम्बुलेन्सबाट सेवा प्रदान गर्ने भएको छ । 

कोरोना भाइरसबाट जोगिन सरकारले गरेको लकडाउनको बेला दाँतमा समस्या हुँदा त्यसको पीडा सहेर बस्न नपरोस भन्दै ओम समाज डेन्टल हस्पिटलले अत्याधुनिक उपकरण जडान गरिएको एम्बुलेन्सबाट सेवा प्रदान गर्न लागेको हो ।

अत्याधुनिक सुविधा सम्पन्न, डेन्टल उपकरण जडित एम्बुलेन्सको सहायताले दन्त्य चिकित्सकले आवश्यकता अनुसार वैशाख ७ गतेदेखि दन्त्य उपचार सेवा घरघरमा गएर निःशुल्क सेवा दिने जनाएको छ ।

अस्पतालका प्रसासन प्रमुख अजय रेग्मीका अनुसार सामाजिक कार्यका लागि यो एउटा सानो प्रयास भएको भन्दै कोहि पनि दाँतको उपचारबाट बञ्चित हुन नपरोस्, कसैले पनि दुःख नपाउन्, अशक्त, ज्येष्ठ नागÞरिक वा अन्य कुनै रोगले हिँडडुल गर्न नसक्नेहरुलाई दाँत मुखको समस्याले अफ्ठ्यारो पारेको बेला घरमै गएर निःशुल्क आपतकालिन सेवाको व्यवस्था गरिएको हो ।

सेवा लिनका लागि बिरामीले आफ्नो फोन नम्बर अस्पताललाई टिपाउनुपर्ने र हाललाई यो सेवा बिहान ११ बजेदेखि २ बजेसम्म रहने व्यवस्था मिलाइएको रेग्मीले बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts