स्टार हस्पिटलले शुरु गर्यो टेलिमेडिशिन सेवा



Download our app to get more features

ललितपुर, १ वैशाख । सानेपा स्थित स्टार हस्पिटल लि. ले टेलिमेडिशिन सेवा सुरु गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोविड(१९ बाट श्रृजित असामान्य परिस्थितिमा आफ्ना नियमित सेवाग्राही तथा अन्य देश विदेशमा रहेका र लकडाउनका कारणले नियमित स्वास्थ्य सेवा लिनबाट बञ्चीत समुदायलाई लक्षित गर्दै अस्पतालले अनलाइन टेलिमेडिशिन सेवाको शुभारम्भ गरेको हो । 

डिजिटल प्रविधिको प्रयोग गर्दै उद्घाटन गरिएको कार्यक्रम, ई–कन्फ्ररेन्स मार्फत् नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, संस्थाका अध्यक्ष किसोर कुमार महर्जन, संचालक समिति सदस्य वसन्त चन्द्र मरहट्टा र ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले संयुक्त रुपमा गरेका थिए ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. शैल रुपाखेतिले, टेलिमेडिसिन सेवा लिन चाहने बिरामीहरुले गर्नुपर्ने रजिस्ट्रेसन प्रकृया, चिकित्सकिय परामर्श तथा अन्य परिक्षण गर्नुपरेको खण्डमा अवलम्बन गर्नुपर्ने प्रकृयाहरुका सम्बन्धमा डेमोनस्ट्रेशन गरि प्रकाश पारेका थिए । साथै सम्पूर्ण बिरामीहरुको अभिलेख डिजिटल रुपमा राखिने हुनाले भविष्यमा पनि बिरामीहरुको पहिलाको अवस्थाको बारेमा जानकारी प्राप्त गर्न सकिने गरि सेवा संचालन भएको जानकारी गराए । 

अस्पतालका अध्यक्ष किसोर कुमार महर्जनले अस्पतालले समय सापेक्ष डिजिटल प्रविधिको उपयोग गर्दै गएको र टेलिमेडिशिनका बाहेक कोविड १९ एसेसमेन्ट टूलपनि यसै साता बाट संचालनमा ल्याएको छ ।

कार्यक्रममा विशेष अतिथिको रुपमा मन्तव्य व्यक्त गर्नुहुँदै डा. कोइरालाले विशम परिस्थितीमा पनि अस्पतालले यस किसिमको सेवा प्रदान गर्ने उद्देश्य लिई सेवा प्रदान गर्नु गौरवको विषय भएको र यस कार्यले नितिगत निर्णय गर्न सहयोग पुग्ने बताए । 

अस्पतालबाट टेलिमेडिसिन सेवा लिन चाहने महानुभावहरुले अस्पतालमा सम्पर्क गरेर अस्पतालको वेबसाइट धधध।कतबचजयकउष्तब।िअयm।लउ  मा गई रजिष्ट्रेशन गर्न सकिनेछ । 

स्वस्थ्य उपचार परामर्शका लागि टेलिमेडिसिन सेवा नेपालमा लामो समयदेखि सुरु भएपनि अस्पतालको रेकर्ड प्रणाली इएमआर एकीकृत गरेर सेवा सुरु गर्ने स्टार पहिलो अस्पताल हो । सेवा लिन सुरुमा अस्पतालको टेलिफोनमा सम्पर्क गरेर अनलाईनमा रेकर्ड गरि, प्राप्त पासवर्ड र कन्फरमेसनका आधारमा वेवसाईट मार्फत आफै समय बुक गर्न र अन्य सम्बन्धीत रिर्पोट समेत हेर्न सकिन्छ । 

चिकित्सकीय परामर्श पछि प्रयोगशालाजन्य जाँचका लागि घरमै गएर नमुना संकलनको सेवा समेत सुरु गरिएको अस्पतालले जानएको छ । प्रयोगशालाका रिपोर्ट बिरामी आफैले र्हेन सक्ने र सो आधारमा पछि पुनः समय लिएर चिकित्सक संग परामर्श समेत गर्न सकिन्छ । साथै औषधि सिफारीस समेत सिधै सम्बन्धीत विभागबाट हेर्न सकिन्छ । अस्पतालले सुरु गरेको टेलिमेडिसिन सेवा जुम एपमा आधारित र अनलाइन मार्फत नै भुक्तानी गर्न सकिन्छ । 

यस किसिमको सेवाबाट बिरामीहरुले घरमै बसी आफ्ना समस्याहरु चिकित्सक समक्ष राखी सहज तरिकाले उपचार प्राप्त गर्न सकनेछन् । 

विभिन्न विधाका पूर्णकालिन चिकित्सकिय सेवा रहेको सय शय्याको यस अस्पतालले टेलिमेडिनि सेवाबाट अहिलेको अवस्थामा उपचार सेवाबाट बञ्चित रहेकाहरु लाभान्वित हुने विश्वास लिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts