अपडेट

कोरोना विरुद्धको लडाईमा शक्तिशाली राष्ट्र एकजुट नभएकोमा राष्ट्र संघ चिन्तित

यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

काठमाडौं, १९ वैशाख । संयुक्त राष्ट्र संघका प्रमुख एन्टोनियो गुटेर्रसले कोरोना विरुद्धको लडाईमा विश्वस्तरमा कमी भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

उनले विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस विरुद्धको लडाईमा विश्वस्तरमा हुनुपर्ने समन्वयमा कमी भएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनले महामारी विरुद्धको लडाइमा विश्वका सबै मुलुक आ आफ््नो रणनीति अनुसार काम गरिरहेपनि सबै मुलुक एकजुट भएर काम गर्नु पर्नेमा त्यसो नभएको बताए ।
 
उनका अनुसार विश्वका शक्तिशाली मुलुकलाई यो महामारी विरुद्ध एक हुनुपर्नेमा एक अर्कामाथि आरोप प्रत्यारोप गरेर समय खेर फालिरहेका छन् । महामारीले अर्थतन्त्रमात्रै नभई सम्पूर्ण क्षेत्रलाई प्रभावित बनाएकाले त्यसलाई फेरि ठिक पार्न सबै शक्तिशाली राष्ट्र एक हुनुपर्ने भन्दै गुटेर्रसले महामारीलाई कसरी जित्न सकिन्छ त्यसतर्फ सबैले ध्यान दिनुपर्ने उल्लेख गरे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनले नै उत्पादन गरेको आरोप दोहोर्याएका छन् । 

बिहीवार आफ्नो नियमित पत्रकार सम्मेलनको क्रममा राष्ट्रपति ट्रम्पले चीनले वुहानको वुहान इन्स्टिच्यूट अफि वायरालोजी नामक प्रयोगशालामा कोरोना भाइरसको उत्पादन गरेको आरोप लगाए । 

पत्रकार सम्मेलनमा यो आरोपको के प्रमाण छ भनेर सोधेको प्रश्नमा ट्रम्पले भने, ‘मलाई पुरै विश्वास छ की, विश्व स्वास्थ्य संगठन जसरी चीनको प्रचार प्रसारको काम गरिरहेको छ त्यसले प्रश्न हुन्छ की चीन डब्लूएचओको सहयोगमा सबै काम गरिरहेको छ ।’
 
वुहानमा पहिलो पटक चीनमा कोरोना देखिएपछि सबै मुलुकले चीनमा आफ्ना नागरिकलाई चीनमा जान प्रतिबन्ध लगाएपनि चीनका नागरिकलाई भने बाहिर जुनसुकै मुलुकमा जान अनुमति दिएको भन्दै ट्रम्पले डब्लूएचओले चीनलाई लिएर कुनैपनि ठोस प्रतिबन्ध नलगाएको पनि आरोप लगाए । 

यसअघि अमेरिकको एक गोप्य एजेन्सीलेपनि कोरोना भाइरस जानेर बनाइएको दावी गरेको थियो भने अमेरिकी राष्ट्रपति ट्रम्पपनि निरन्तर चीनमाथि आरोप लगाउँदै आएका छन् । 

अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ । हालसम्म अमेरिकामा कोरोनाका कारण ६४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ११ लाखभन्दा बढी संक्रमित भएका छन् ।

युरोपको दोस्रो प्रभावित मुलुक बनेको बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २६ हजार नाघको छ । हालसम्म त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या २६ हजार ७ सय ११ पुगेको छ । जबकी युरोपको संैभन्दा बढी प्रभावित मुलुक इटलीमा कोरोनाका कारण २७ हजारभन्दा बढीको मृत्यु भएको छ ।  

ब्राजÞीलमा कोरोना भाइरसका कारण एकै दिन ७ हजारभन्दा बढी नयाँ संत्रमित फेला परेका छन् । योसँगै ब्राजिलमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ८५ हजार ३ सय ८० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ हजार ९०१ पुगेको छ । 

रूसका प्रधानमन्त्री मिखÞाइल मिशुस्तिनले आफू कोरोना संक्रमित भएको खुलासा गरेका छन् । उनले आफूलाई पनि कोरोना संक्रमण भएको र सरकारले भने अनुसार सेल्फ आइसोलसनमा रहेको बताएका छन् । उनको स्वास्थ्य अवस्था अहिले कस्तो छ त्यो विषयमा केही खुलाइएको छैन ।

भारतमा कोरोना संक्रमितको संख्या ३५ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १९ सय ९३ जना नयाँ संक्रमित फेला परेसँगै भारतमा कोरोना संक्रमितको संखया ३५ हजार ४३ पुगेको छ । यस्तै कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ सय ४७ पुगेको छ । भारतको महाराष्ट्र र गुजरात कोरोनाका कारण सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ ।

यस्तै पाकिस्तानमा  कोरोनाका कारण संक्रमित हुनेको संख्या १६ हजार ८ सय १७ पुगेको छ भने ३ सय ८५ जनाको मृत्यु भएको छ । 

अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३३ लाख नाघेको छ । हालसम्मको तथ्यांक अनुसार कोरोनाका कारण विश्वभर ३३ लाख ८ हजार ५ सय ३ संक्रमित भएका छन् भने २ लाख ३४ हजार ११२ जनाको मृत्यु भइसकेको छ । कोरोनका कारण संक्रमित भएका मध्ये १० लाख ४२ हजार ८ सय ७४ जना स्वस्थ भएका छन् ।

Last modified on 2020-05-01 10:25:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts