बलिउड अभिनेता इमरान खानको निधन 



Download our app to get more features

एजेन्सी, १७ वैशाख । बलिउड अभिनेता इमरान खानको निधन भएको छ । मुम्बईस्थित एक अस्पतालमा उनको ५३ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो । 

उनलाई मंगलबार कोलन इन्फेक्सनका कारण मुम्बईस्थित कोकीलाबेन अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएसँगै नै उनीमाथि विभिन्न आशंका फैलिएका थिए । तर बुधबार चलचित्र निर्माता सुजित सरकारले टवीटरमार्फत उनको निधन भएको र पीडित परिवारलाई सान्तवना दिएका छन् । 

गतवर्ष इमरान खानलाई न्यूरोइन्डोक्राइन ट्यूमर भएको पत्ता लागेको थियो । उनको बेलायतमा उपचार पनि भइरहेको थियो । स्वास्थ्यमा सुधार भएपछि उनी भारत आएका थिए । केही समयअघि उनको आमाको पनि निधन भएको थियो । लकडाउनका कारण आमाको अन्तिम सस्कारमा समेत उनी सहभागि भएका थिएनन् । 

Last modified on 2020-04-29 12:49:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts