कोरोना भाइरसका कारण भारतमा एकै दिन ७३ जनाको मृत्यु



Download our app to get more features

एजेन्सी, १९ वैशाख । भारतमा गत २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का कारण ७३ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार एक सय ४७ पुगेको छ ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार शुक्रबारसम्ममा भारतमा ३५ हजार ४३ जना कोरोना संक्रमित भएका छन् । गत २४ घन्टामा भारतमा एक हजार नौ सय ९३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। भारतमा देखिएका यी संंक्रमितहरूमध्ये आठ हजार आठ सय ८८ जना भने उपचारपछि घर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा २५ हजार सात संक्रमित अस्पतालमा उपचाररत छन् । 

महाराष्ट्र सबैभन्दा धेरै प्रभावित
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा शुरुदेखि नै महाराष्ट्र राज्य कोरोना भाइरसबाट अत्यन्त प्रभावित छ । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या १० हजार चार ९८ जना पुगेको मन्त्रालयले जनाएको छ । महाराष्ट्रमा कोरोना भाइरस संक्रमणको कारण चार सय ५९ जनाले ज्यान गुमाएका छन् ।

महाराष्ट्रपछि गुजरात यस भाइरसको संक्रमण दोस्रो स्थानमा रहेको र चार हजार तीन सय ९५ संक्रमित रहेका छन् । यस राज्यमा ६ सय १३ जना उपचारपछि घर फर्किएका छन् । गुजरातमा यस भाइरसको सक्रमणको कारण २१४ जनाको ज्यान गएको छ । गुजरातपछि यस भाइरसको संक्रमण तेस्रो स्थानमा दिल्ली रहेको र यहाँ तीन हजार पाँच सय १५ संक्रमित छन् । यस राज्यमा एक हजार ९४ जना उपचारपछि घर फर्किएका छन् । दिल्लीमा यस भाइरसको सक्रमणको कारण ५९ जनाको ज्यान गएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts