भारतमा लकडाउन १४ दिन थपियो 



Download our app to get more features

एजेन्सी, १९ वैशाख । भारत सरकारले दोस्रो चरणको लकडाउन अन्त्य हुनै लाग्दा थप १४ दिन लकडाउन गर्ने घोषणा गरेको छ । आगामी ३ मेमा भारतमा दोस्रो चरणको लकडाउन अन्त्य हुन लागेको थियो । शुक्रबार गरेको घोषणा अनुसार अब १७ मेमा मात्रै भारतमा लकडाउन अन्त्य हुनेछ ।

यसैबीच केन्द्रीय स्वस्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई ख्याल गर्दै देशका विभिन्न क्षेत्रलाई तीन क्षेत्रमा विभाजन गरेको छ । मन्त्रालयले १३० स्थानलाई रेड जोन, २८४ स्थानलाई अरेन्ज जोन र ३१९ स्थानलाई ग्रीन जोन घोषणा गरेको छ । मन्त्रालयले यी क्षेत्रमा कोरोना संक्रमितको संख्या, जोखिमको सम्भावना र परीक्षणमा भइरहेको कामका आधारमा श्रेणीबद्ध गरेको हो । रेड जोनमा भारतका मुख्य मुख्य शहरहरु मुम्बई, दिल्ली, कोलकत्ता, ब्यलौर, पुणे, हैदराबाद जस्ता जिल्ला परेका छन् । रेड जोन सबैभन्दा जोखिमयुक्त क्षेत्र मानिएको छ । यसैगरी अरेन्ज र ग्रीन जोन क्रमशः कम जोखिमयुक्त जिल्लाको रुपमा लिइएको छ ।
भारतमा हालसम्म ३५ हजार सात सय ९२ जनामा कोरोना भाइरस पुष्टि भएको छ भने एक हजार एक सय ८५ जनाले ज्यान गुमाइ सकेका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts