अपडेट

चीनमा परीक्षण गरिएको 'रेमडिसिभर' कोरोना उपचारमा सहयोगी



Download our app to get more features

काठमाडौं, १८ वैशाख । कोरोना भाइरस विरुद्ध बनाइएको रेमडिसिभर नामक औषधि उपयोगी हुने वैज्ञानिकहरुले दावी गरेका छन् । अमेरिकाका सरकारी तथा निजी प्रयोगशालाले संयुक्त रुपमा गरेको अध्ययनमा रेमडिसिभर खोप कोरोना विरुद्धको लडाइमा सहयोगी हुने वैज्ञानीहरूले बताएका हुन् । अमेरिकाको ग्लिड विज्ञान र अमेरिकी वरिष्ठ वैज्ञानिक डा.एन्थोनी फाउचीले चीनमा परीक्षण गरिएको रेमडिसिभर खोपले कोरोना संक्रमितलाई ३१ प्रतिशतसम्म निको हुने बताए । यो परीक्षण चीन बाहेक अमेरिकाको राष्ट्रिय इन्स्टिच्यूट अफ हेल्थमा पनि गरिएको छ ।

जापानमा राष्ट्रिय आपतकालको घोषणा गरिएको छ । पछिल्लो समय जापानमा कोरोनाका कारण संक्रमित हुनेको दर बढ्न थालेपछि जापान सरकारले राष्ट्रिय आपतकाल आह्वान गरेको हो । जापनका प्रधानमन्त्री सिञ्जो आवेले सामाजीक दुरी कायम र घरमै बस्न आग्रह गर्दै अवस्था सामान्य बन्न नसकेकाले अनिश्चितकालका लागि राष्ट्रिय आपतकालको घोषणा गर्नुभएको हो । जापानमा हालसम्म कोरोनाका कारण १३ हजार ८ सय ५२ जना संक्रमित भएका छन् भने ३ सय ८९ जनाको मृत्यु भइसकेको छ । 

अफ्रिकी मुलुक गिनिया बिसाउका प्रधानमन्त्री नुनो गोम्स नाबियाममा कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्री सहित उनकै  सरकारका तीनजना मन्त्रीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चारै जनामा मंगलवार कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएपछि सबै जनालाई राजधानी बिसाउस्थित एक होटलमा क्वारेन्टीनमा राखिएको छ । पश्चिम अफ्रिकी मुलुक गिनिया बिसाउमा हालसम्म् ७० जनामा कोरोना देखिएको छ भने एक जनाको मृत्यु भएको छ ।

अफ्रिकी मुलुक मोरक्कोको एक कारागारमा तीन सय जनामा कोरोना संक्रमण भएको छ । मोरक्को स्वास्थ्य मन्त्रालयका अनुसार कारागारमा ८० हजार कैदीबन्दीमध्ये झन्डै तीनसय जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यहाँका स्वास्थ्यमन्त्री खालिद एत तलेबले गत साता एक जना कैदीबन्दीमा कोरोना पुष्टि भएको भन्दै जाँचको दायरा बढाउँदा थप तीन सय जनामा कोरोना पुष्टि भएको बताउनुभयो । मोरक्कोमा हालसम्म कोरोनाका कारण ४ हजार २ सय भन्दा बढी छ भने १ सय ६५ जनाको मृत्यु भइसकेको छ ।

जर्मनीमा कोरोना भाइरसका कारण भाइरसका कारण संक्रमित हुनेको संख्या १ लाख ५७ हजार पुगेको छ । पछिल्लो २५ घन्टमा मात्रै त्यहाँ १३ सय ४ जना नयाँ संक्रमित फेला परेका छन् भने २ सय २ जनाको मृत्यु भएको छ । जर्मनीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ हजार १ स १५ जनाको मृत्यु भएको छ ।   

अमेरिकामा एकै दिन ५० लाख कोरोना परीक्षण गरिने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको केहि दिनमै ५० लाख नागरिकको कोरोना परीक्षण गरिने तयारी भइरहेको बताउनुभयो । उहाँले अमेरिकामा पछिल्लो समय सबैभन्दा बढी कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गएकाले संक्रमितको संख्या पत्ता लगाउन जाँचलाई तीव्रता दिइने बताउनुभयो । अमेरिकामा पछिल्लो दुई महिनाको अवधिमा झन्डै ५७ लाख मानिसको कोरोना परीक्षण गरिएको छ । जसमा ११ लाखभन्दा बढी मानिस संक्रमित भएको पुष्टि भएको छ । 

यसैबीच अमेरिकाको न्यूयोर्कमा कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ । अमरिकाको नेवी ब्लू एन्जेल्स र एयर फोर्स थन्डरबर्ड्सले न्यूयोर्क र फिलाडेलफिÞयामा जेट विमान उडाएर कोरोना भाइरसको उपचारमा खटिएको मेडिकल टीमलाई सम्मान गरेको हो ।

ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ । ब्राजिलका स्वास्थ्य मन्त्री नेल्शन टेइचले पछिल्लो २४ घन्टामा ४ सय ७४ जनाको मृत्यु भएको बताए । योसँगै ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ हजार १७ जनाको मृत्यु भइसकेको उनले बताए । ल्याटिन अमेरिकी मुलुक ब्राजिलमा कोरोनाका कारण हालसम्म ७२ हजार संक्रमित भइसकेका छन् । 

अल जजिरा, बीबीसी, सीएनएन

Last modified on 2020-04-30 07:27:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts