समाचार प्रभाव

नर्भिकले नर्सलाई हप्ताको ३६ घण्टा काम दिने, खुलेयाम झूठ बोल्दै बसन्त चौधरी



Download our app to get more features

काठमाडौं, ८ वैशाख । झण्डै २ सय नर्सलाई बेतलवी बिदा बस्न दवाव दिने नर्भिक अस्पतालसम्बन्धी समाचार प्रकाशित भएसँगै साे अस्पतालकाे प्रशासन नर्सहरुसँग नरम देखिएको छ ।

लकडाउनका कारण अस्पतालमा बिरामी घटेपछि सो अस्पतालका मालिक वसन्त चौधरीले नर्सहरुलाई बेतलवी बिदा बस्न दवाव दिएको समाचार हाम्रो डक्टर न्यूजले प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएसँगै आतंकित भएका चौधरीले अाइतवार बैठक डाकेर समाचार कसले दिएको भन्दै अस्पतालमा रडाको मच्चाएका थिए । यद्यपि उनले ट्वीटरमा भने समाचार गलत भएको भन्दै भावुक किसिमले बचाउ गरेका छन् । तर, त्यसको कुनै आधार भने प्रस्तुत गर्नसकेनन् । ट्वीटरमा खुलेयाम झुठ बोलेका निजी अस्पताल संघका अध्यक्षसमेत रहेका चौधरीले अन्ततः ईच्छुक र बिदा बाँकी भएकालेमात्र बिदा बस्ने र काम गर्न चाहानेलाई हप्ताको ३६ घण्टासम्म काम दिने निर्णय गराएको अस्पताले स्रोतले हाम्रो डक्टर न्यूजलाई जानकारी दिएकाे छ । यद्यपि कतिपय नर्स भने अस्पतालको दवावबाट डराएर ड्यूटी जान छाडेका छन् । उनीहरु सम्झौता नविकरण नहुने डरमा अस्पताल जान छाडेका हुन् ।

टुईटरमा समाचारकाे अाधार प्रस्तुत गर्न असपताल सञ्चालक चाैधरीले चुनाैति दिएपनि समाचारको खण्डन गर्ने नैतिक आधार नभएपछि अस्पताल प्रशासन निर्णयबाट पछि हट्दै नरम भएको हो । यद्यपि उसले नर्सलाई हप्ताको ४८ घण्टा काम दिनुपर्नेमा ३६ घण्टामात्र दिने निर्णय गरेको छ । यसका विरुद्द त्यहाँका केही नर्सले नर्सिङ संघ र काउन्सिलमा उजुरी दिने तयारी गरेको स्रोतको दावी छ । साथै हाम्रो डक्टर न्यूजमा प्रकाशित समाचारका पूर्ण आधार र प्रमाणहरु सुरक्षित रहेको र स्रोतको सुरक्षा पत्रकारको पहिलो दायित्व भएको हेक्कापनि सञ्चार संस्थालाई रहेको छ ।

यो पनि पढ्नुहोस्

झण्डै २ सय नर्सलाई बेतलबी बिदा बस्न नर्भिकको दवाव, नटेर्नेको सम्झौता नथप्ने भन्दै ब्ल्याकमेल

Last modified on 2020-04-20 11:37:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts