प्रदेश १ मा ६ सय ७६ क्वारेन्टाइनमा, २३ जना आइसोलेशनमा



Download our app to get more features

विराटनगर, ८ वैशाख । कोरोना भाइरस रोकथाम र उपचारका क्रममा प्रदेश १ मा ६ महिला र १७ पुरुषसहित २३ जना आइसोलेशनमा छन् । 

आइसोलेशनमा रहेका ती सबै जना स्वास्थ्यकर्मीको निगरानीमा छन् । यस प्रदेशमा आइतबार साँझसम्ममा पिसीआर विधिबाट ३ सय ८७ जनाको स्वाब र आरडिटी विधिबाट दुई हजार दुई सय ८१ जनाको नमूना परीक्षण गरिएको छ । 

धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पिसीआर विधिबाट नमूना परीक्षण भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सूचना डेस्कले जनाएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या हाल ६ सय ७६ पुगेको छ । होम क्वारेन्टाइनमा चार हजार दुई सय २३ जना छन् । प्रदेशमा १३ जनामा कोरोना सङ्क्रमण देखिएकामा दुई जना नेपाली र ११ जना भारतीय नागरिक छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts