प्रधानमन्त्रीले भने जस्तै कोरोना भाइरस नष्ट गर्नै सकिदैन त ? यसो भन्छन् चिकित्सक 



Download our app to get more features

काठमाडौं, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको विषयमा शनिवार दिएको अभिव्यक्तिप्रति चौतर्फी आलोचना र मजाक उडाइँदैछ ।
सरकारी सञ्चार माध्यमका सम्पादकहरुसँग शनिवार प्रधानमन्त्री ओलीले कोरोना भाइरस निर्जीव तत्व भएको, कुनै पनि भाइरसलाई नष्ट गर्न नसकिने, भाइरसमा बोसोजन्य तत्व हुने र त्यसलाई निस्क्रिय पार्न तातोपानी मात्रै विकल्प रहेको प्रतिक्रिया दिएका थिए ।

प्रधानमन्त्रीको यो अभिव्यक्तिपछि अहिले सबै सामाजिक सञ्जाल र अन्य क्षेत्रमा उनको आलोचना भइरहेको छ । प्रधानमन्त्रीले भने अनुसार के भाइरस निर्जीव तत्व हो त ? के भाइरसलाई नस्ट गर्न सकिँदैन ? लगायतका विषयमा डाक्टर प्रकाश पौडेल भन्छन्, ‘भाइरस निर्जीव हुनै सक्दैन । किनकी यदि भाइरस निर्जीव हो भने एक व्यक्तिबाट अर्को व्यक्तिमा कसरी सर्छ ? त्यसकारण भाइरस जिवित नै हुन्छ । फरक यति मात्रै हो की भाइरस निकै सूक्ष्म हुन्छ जसलाई आँखाले देख्न सकिँदैन ।’

यस्तै भाइरसमा फ्याट वा बोसोभन्दा पनि लिपिड एसिड र फ्याटि एसिड हुन्छ जुन भाइरसको बाहिरी लेयरमा बसेको हुन्छ । त्यो फ्याटि एसिडलाई आम भाषामा मानिसले बोसो भनेर बुझ्न गरेको उनको भनाइ छ ।
तातोपानी खाँदैमा के भाइरसबाट जोगिन सकिन्छ ? यो प्रश्नमा डा. पौडेल भन्छन्, ‘तातोपानी स्वास्थ्यको लागि राम्रो हो । तर, भाइरसबाट जोगिन तातोपानीको प्रयोग सबै ठाउँमा गर्नुपनि उचित होइन । किनकी त्यसले मात्रै भाइरसको बाहिरी लेयर जो प्रोटिन तत्व छ त्यसलाई नष्ट गर्न सकिँदैन । हामीले स्यानिटाइजर र हात धुने बानीको नै विकास गर्नुपर्छ ।’

भाइरसलाई नष्ट गर्न सकिँदैन ? यसमा डा. पौडेलको जवाफ छ, ‘भाइरसलाई नष्ट गर्नु भनेको उसलाई निस्क्रिय बनाउनु हो । रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बलियो छ भने कुनै पनि भाइरसले शरीरमा आक्रमण गर्न सक्दैन । शरीरमा भाइरस भएर पनि उसले शरीरलाई कुनै क्षति गर्न नसक्नु नै भाइरस नष्ट गर्नु हो । यदि भाइरस नष्ट भएन भने त्यसबाट मानिस स्वस्थ कसरी हुन सक्छन् ? त्यसकारण भाइरस नष्ट हुनु भनेको उसलाई शरीरभित्रै काम गर्न नसक्ने बनाउनु हो ।

Last modified on 2020-04-19 15:18:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts