कोरोना भाइरस नियन्त्रण गर्न नेपाल कोभिड–१९ ट्रेसिङ एप निर्माण



Download our app to get more features

रुपन्देही, ९ वैसाख । प्रदेश ५ ले महामारीको रुपमा फैलिएको कोरोना भाइरस बारे सही जानकारी लिन र प्रकोपलाई नियन्त्रण गर्न नेपाल कोभिड–१९ ट्रेसिङ एप निर्माण तथा संचालनमा ल्याएको छ ।

प्रकोपविरुद्ध लड्नु सबै नागरिकको जिम्मेवारी र दायित्व भएको भन्दै लकडाउनको अवस्थामा सूचना तथा संचार प्रविधिको माध्यमबाट प्रकोपविरुद्ध लड्ने एपले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ । कोभिड–१९ संक्रमण भएमा संक्रमितसँग सम्पर्कमा आएकाहरूको विवरण पत्ता लगाउन मद्दत गर्ने उद्देश्यले प्रदेश ५ सरकारले यो एप निर्माण गरेको हो । जस्तैः ब्लुटुथमा आधारित प्रविधिको प्रयोग गरिएकोले नियमित इन्टरनेट वा मोबाइल डाटाको प्रयोग गरिरहनु नपर्ने, अफलाइन र अनलाइन दुबै अवस्थामा चलाउन सकिने र अफलाइन अवस्थामा चलाउँदा संकलन भएको विवरण अनलाइनमा हुँदा स्वत अपडेट हुने । यस्तै, कोभिड–१९ सम्भावित संक्रमितको पहिचानका लागि कन्ट्रयाक टे«सिङ सजिलै गर्न मिल्ने, सिङ्गापुर, दक्षिण कोरिया जस्ता देशहरूले समेत कोभिड–१९ नियन्त्रणका लागि कन्ट्रयाक ट्रेसिङ गर्नका लागि यो प्रविधिको प्रयोग गरिरहेको जनाइएको छ ।

यस एपको माध्यमबाट संकलित विवरणहरू प्रदेश ५ सरकारसँग सुरक्षित रहने र कोभिड–१९ नियन्त्रण एवं व्यवस्थापनका लागि मात्र प्रयोग गरिने र प्रयोगकर्ताहरूको सूचना पूर्णतया गोप्य रहने छ । एप प्रयोग गर्नका लागि प्रयोगकर्ताले जिपिएस लोकेसन तथा संक्षिप्त विवरण पेस गरी लगइन गर्नु पर्छ । लगइन पश्चात ब्लुटुथ अप्सन खुला गरिराख्नु पर्ने हुन्छ । यस एपको एउटा प्रयोगकर्ता अर्को प्रयोगकर्ताको नजिक जाँदा ब्लुटुथबाट दुईजनाको एपमा सूचना आदानप्रदान हुन्छ । 

यसरी सम्पर्कमा आएका सबैको सूचना एपमार्फत प्राप्त हुने हुँदा कुनै प्रयोगकर्तापछि परीक्षणमा कोभिड–१९ पोजेटिभ पाइएमा प्रयोगकर्तासँग सम्पर्कमा आएका अन्य प्रयोगकर्ताहरूको विवरणबाट सजिलैसँग र्र्यापिड कन्ट्रयाक्ट ट्रेसिङ तथा सेकेण्ड डिग्री कन्ट्रयाक ट्रेसिङ गरी गरी सजिलैसँग सम्भावित सबैको विवरण प्राप्त गर्न सकिन्छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts