पाँच महिनामा १ सय ८५ बालबालिकामा दादुरा रुबेला


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic

काठमाडौं, १८ । नेपालमा पछिल्लो ५ महिनामा १ सय ८५ जना बालबालिकामा दादुरा रुबेलाको संक्रमण भएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको खोप शाखाका अनुसार गत पुष महिनादेखि हाल वैशाख सम्ममा सर्लाही, धादिंग, ललितपुर, काठमाडौं लगायतका जिल्लामा गरि एक सय ८५ जना बालबालिकामा दादुरा रुबेलाको संक्रमण पुष्टि भएको र २ जनाको मृत्यु भएको छ ।

vayoda

Hamro Doctor Apps2

शाखाका प्रमुख डा.झलक गौतमले ४ महिनादेखि ४० वर्षसम्मका मानिसमा खोप नपाएका कारण संक्रमण देखिएको बताए । उनले वैशाख १७ गते देखि वैशाख २३ गतेसम्म दादुरा रुबेलाकोे प्रकोप रहेको क्षेत्रमा ६ महिनादेखि १५ वर्ष सम्मका बालबालिकामा दादुराको खोप सुरु भएको बताए ।

डा.गौतमले चिकित्सको उपचार र परीक्षणपछि संक्तमण पुष्टि भएपछि सरकारले दादुरा रुबेलाको खोप कार्यक्रमलाई प्रभाविकारी बनाउन चिक्तिसकसहितको टोली प्रभावित क्षेत्रमा खटाउको बताए ।

यस्तै नियमित खोप कार्यक्रमलाईपनि नियमित गर्न सबै निकायलाई भनिएको उनले जानकारी गराए । खोप कार्यक्रममा कु्नै समस्या नहोस् त्यसका लागि स्वास्थ्यकर्मीका लागि विभागद्वारा जारी निर्देशिका अनुसार गर्न भनिएको बताए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमति प्रेस ब्रिफिंको क्रममा डा.गौतमले खोप कार्यक्रमका लागि कोरोना महामारीलाई ध्यानमा राखी निश्चित दूरी काय मगर्न, अनावश्यक भिडभाड नगर्न लगायतका कुरामा ध्यान दिन भनिएको बताए ।

यस्तै मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नेपालमा हालसम्म कोरोना संक्रमतिको संख्या ५७ रहेको बताए ।

Hamro Doctor
Last modified on 2020-04-30 16:50:22

ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts