अपडेट

कोविड-१९ प्राकृतिक रुपमा उत्पन्न भएको डब्लूएचओको भनाइ, यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

काठमाडौं, २० वैशाख । विश्व स्वास्थ्य संगठनले नोवेल कोरोना भाइरस अर्थात् कोविड १९ प्राकृतिक रुपमा उत्पन्न भएको दावी गरेको छ । 

नियमित प्रेस ब्रिफिङको क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले दावी गरे अनुसार के भाइरस चीनको ल्याबमा बनाइएको हो भन्ने पत्रकारको प्रश्नमा संगठनका इमर्जेन्सी विभागका प्रमुख माइक रेयानल कोरोना भाइरस प्राकृतिक रूपले उत्पन्न भएको र यो ल्याबमा निर्माण नभएको बताए । 

साथै उनले पछिल्लो समय अफ्रिकी मुलुक सोमालिया, हाइटी, सूडान, दक्षिण सूडान, यमन, सीरिया, अफगानिस्तान, सिएरा लियोन र उत्तरी नाइजीरिया जस्ता मुलुकमा कोविड-१९ को अवस्था बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।

भारतमा कोरोना संक्रमितको संख्या ३५ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्म ३५ हजार ३ सयभन्दा बढी नागरिक कोरोनाका कारण संक्रमित भएका छन् । यस्तै कोरोनाका कारण मृत्यु हुनेको संखया ११ सय ५२ पुगेको छ । 

भारतको सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा पछिल्लो २४ घन्टामा हालसम्मकै उच्च नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिन एक हजार ८ नयाँ कोरोना संक्रमित फेला परेसँगै महाराष्ट्रमा मात्रै कोरोना संक्रमितको संख्या साढे ११ हजार पुगेको छ ।

पाकिस्तान सरकारले जारी गरिएको लकडाउन खुकुलो बनाउने घोषणा गरेको छ । कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखेर जारी गरिएको लकडाउनमा कारोबार र उद्योगलाई पुनः सुचारु गर्न अनुमति दिइएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खÞानले पाकिस्तानमा जारी लकडाउनकाबीच बजार र उद्योग खोल्न अनुमति दिइएको घोषणा गरेका हुन् । पाकिस्तानमा हालसम्म कोरोनाका कारण १६ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने २ सय ८५ जनाको मृत्यु भइसकेको छ । 

खानले पाकिस्तानमा युरोप र अमेरिकाको तुलनामा निकै न्यून संक्रमण भएको र मिश्र र इरानका नेताहरुले दिएको सल्लाहपछि लकडाउन खुकुलो बनाउने निर्णय गरेको बताए । 

जापानमा थप एक महिनाका लागि आपतकाल बढाउने तयारी भएको छ । जापानी प्रधानमन्त्री शिञ्जÞो आबेले देशमा जारी आपतकाल थप एक महिनाका लागि बढाउन सक्ने तयारी भइरहेको बताएका छन् । उनले विशेषज्ञहरुको सल्लाहका आधारमा निर्णय गरेर सोमवार अन्तिम निर्णय गरेर घोषणा गरिने बताए । जापानमा अहिलेसम्म १२ हजारभन्दा बढी कोरोनाका कारण संक्रमित भइसेका छन् भने ४ सय ४० जनाको मृत्यु भइसकेको छ ।
 
ईरानमा पछिल्लो २४ घन्टामा कोरोनाका कारण ६३ जनाको मात्रै मृत्यु भएको ट । ईरानका स्वास्थ्य मन्त्रीले दिएको जानकारी अनुसार त्यहाँ संक्रमितको संख्या ९५ हजार ६ सयभन्दा बढी छ । ८ करोड जनसंख्या रहेको इरानको मध्यपूर्वमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।
 
स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २५ हजार नजिक पुगेको छ । हालसम्म कोरोनाका कारण स्पेनमा २४ हजार ८ सय २४ जनाको मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमित बिरामीको सख्ंया २ लाख १५ हजार पुगेको छ ।
 
स्पेन सरकारले हालै मात्र लकडाउनलाई चार चरणमा खुकुलो बनाउने घोषणा गरेको छ र जुनको अन्त्यसम्ममा मानिसको जनजीवन सामान्य बनिसक्ने बताएको छ ।  

अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउसले कोरोना भाइरसका कारण प्रभावित ४ सय अस्पताललाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । कोरोना कारण नराम्रोसँग प्रभावित झन्डै ४ सय अमेरिकी अस्पताललाई १२ बिलियन डलर आर्थिक सहयोग दिने भएको हो । यसैबीच अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनले कोरोना संक्रमणको उपचारका लागि इबोलाको रोगमा उपयोगी आषधिलाई प्रयोग गर्न अनुमति दिएको छ । इबोलाको लागि बनेको रेमडिसिभियर नामक औषधिलाई आपतकालिक प्रयोग गर्न अनुमपति दिइएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वयं जानकारी दिएका छन् ।

ट्रम्पका अनुसार यो औषधि बनाउने कम्पनी गिलियडले एफÞडीएको निर्णयलाई महत्वपूर्ण भन्दै रेमडिसिभियरको १० लाख डोज दान गर्ने प्रतिबद्धता जनाएको छ । अमेरिकामा गरिएको रेमडिसिभियरको परीक्षणमा कोरोना भाइरस संक्रमणको लक्षण १५ दिनको साटो ११ दिनमा देखिन थालेको पत्ता लागेको थियो । उता चीनमा भएको एक अध्ययनमा भने यो औषधिको कुनै फाइदा नभएको दावी गरिएको छ ।  

विश्वमै सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या साढृ ६५ हजार नजिक पुगेको छ भने संक्रमितको संख्या ११ लाख ३० हजार पुगेको छ ।

बेलायतमा कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखि गरिएको लकडाउन विस्तारै खुकुलो बनाइने भएको छ । बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यान्ककले नेशनल हेल्थ सर्भिसेज (एनएचएस) मा विस्तारै प्रसुति सेवा सुरु गरिने र अन्य स्वास्थ्य सेवापनि विस्तारै सुचारु गरिने बताए । 

बेलायतमा कोरोना कारण मृत्यु हुनेको संख्या २७ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ मृत्यु हुनेको संख्या २७ हजार १ सय ५० पुगेको छ भने संक्रमितको संख्या २ एक लाख ७० हजारभन्दा बढी छ । 

अमरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार कोरोनाका रकाण विश्वभर संक्रमित हुनेको संख्या ३४ लाख नाघेको छ । संक्रमित मध्ये १० लाख ८१ हजार स्वस्थ भएका छन् भने २ लाख ३९ हजारको मृत्यु भएको छ ।

Last modified on 2020-05-02 09:40:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts