कोरोना आशंकामा अछाम अस्पतालको आईसोलेसनमा भर्ना भएकी महिलाको मृत्यु


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic

धनगढी, १८ वैशाख । जिल्ला अस्पताल अछामको आईसोलेसनमा राखिएकी एक महिलाको मृत्यु भएको छ जिल्लाको मंगलसेन नगरपालिका वडा नम्वर ५ की ५१ बर्षीय देवु सार्कीको मृत्यु भएको हो ।

अछामका कोभिड १९ सम्पर्क व्यक्ति देवदत्त जोशीका अनुसार ज्वरो आएपछि उनलाई तीन दिन अगाडि अस्पतालमा भर्ना गरिएकोमा बिहीवार बिहान मृत्यु भएको हो ।

vayoda

Hamro Doctor Apps2

आरडिटी रिपोर्ट नेगेटिभ आएपछि उनको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको थिएन् । तर आज बिहान मृत्यु भएपछि थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि सुर्खेत पठाईएको जोशीले बताए ।

उनका छोरा केही साता अगाडि मात्रै भारतबाट फर्किएका थिए ।

Hamro Doctor
Last modified on 2020-04-30 17:31:19

ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts