स्वास्थ्य सम्बन्धि सम्पूर्ण जानकारी अब अनलाइन र मोवाइल एप दुवैमा

What's This?


Download our app to get more features

चैत्र ३, काठमाडौं । स्वास्थ्य सेवामा आमनागरिकको सहज पहुँच स्थापित गर्न नेपालमै पहिलो पटक अनलाइन, मोबाईल एप्स र यूट्यूव एच.डि. च्यानलमार्फत ‘हाम्रो डाक्टर’को चाँडै नै शुभारम्भ हुँदैछ । 


नेपालमा पहिलो पटक स्वास्थ्य सम्बन्धि सम्पूर्ण सूचना, समाचार तथा उपयोगी जानकारी एउटै अनलाईनमार्फत उपलब्ध गराउने पहिलो अनलाइनको शुभारम्भ हुने भएको छ । 
अनलाइनमा उपलब्ध सामाग्रीहरु एण्ड्रोइड तथा ओएस एप्लिकेशन र यूट्यूव एच.डि. च्यानलबाट नेपालभर स्थापित स्वास्थ्य संस्था, अस्पताल, चिकित्सक, क्लिनिक, एम्वुलेन्स सेवा, रक्तदाता, रोग तथा उपचारबारे सम्पूर्ण सामाग्री पाइन्छ । 


‘हाम्रो डाक्टर डटकम’ले बिरामीलाई औषधि सेवन समयबारे सम्झाउन मेडिसिन ट्रयाकिङको पनि व्यवस्था गरेको छ । उत्कृष्ट मिडिया क्रिएसनले सञ्चालनमा ल्याएको ‘हाम्रो डक्टर डटकम’मा लामो समयदेखि पत्रकारितामा कृयाशिल उद्धवराज भेटुवालले प्रधानसम्पादकको जिम्मेवारी सम्हालेका छन् ।  


त्यसैगरी अनलाइन र एप्सको सम्पूर्ण प्राविधिक जिम्मेवारी मन्त्र आइडियाज प्रालिले लिएको छ । 


‘हाम्रो डाक्टर’सँग स्वास्थ्य विज्ञको समुह रहने र बिरामी तथा अन्य नागरिकले स्वास्थ्य सम्बन्धि सम्पूर्ण जिज्ञासा प्रत्यक्ष मोवाइल एप्लिकेशनमार्फत डाक्टरसँग सल्लाह पनि लिन सकिने महाप्रबन्धक मधुसुदन ढकालले जानकारी दिए । 
 

Last modified on 2016-03-18 13:41:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts