सुदूरपश्चिममा कोरोना परीक्षण ठप्प, शंकास्पद ५५ जनाको नमुना परीक्षण रोकियो 


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic

धनगढी, २६ वैशाख । किटको मौज्दात सकिएपछि सुदूरपश्चिममा कोरोना परीक्षण रोकिएको छ । धनगढीको पशु अन्वेषण प्रयोगशालामा स्थापना गरिएको आरटीपिसिआर मेसिनमार्फत हुने कोरोना परीक्षण किट अभावका कारण शुक्रबार पनि नमूना परीक्षण भएन । 

बुधवार साँझ चार जनाको परीक्षण भएकोमा त्यसयता किटको मौज्दात सकिएपछि कोरोना परीक्षण हुन सकेको छैन्। परीक्षण नहुँदा चार दिनदेखि संकलन गरिएका नमूना थन्काईएको छ। विभिन्न जिल्लाबाट शंकास्पद ५५ जनाको थ्रोट स्वाब संकलन गरी प्रयोगशालामा पठाईएको छ ।  
प्रयोगशालाका अनुसार पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा पिसिआर किट र आरएनए एक्पेक्सन किट आवश्यक पर्छ । पिसिआर किटको मौज्दात भए पनि आरएनए एक्पेक्सन किट सकिएपछि परीक्षण बन्द भएको प्रयोगशालाले जनाएको छ।

vayoda

Hamro Doctor Apps2

अत्यावश्यक परीक्षणका लागि १० वटा किट भने राखिएको छ। किटको अभाव भएपछि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारपछि निको भएर घर फर्केका तीन जना बिरामीको पुनः परीक्षण समेत गर्न सकिएको छैन्। किट अभाव संकलिनत नमूनाको समेत परीक्षण रोकिएपछि नमूना संकलन  बन्द गरिएको छ।

यता सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले पनि किटको मौज्दात सकिएको बताउँदै चाडै नै संघीय सरकारले पठाउने जानकारी आएको बताए। उनका अनुसार आज वा भोलिसम्ममा  स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिम प्रदेशका लागि तीन सय भन्दा बढी किट पठाउने तयारी गरेको छ। तर किट पठाए पनि आजै परीक्षण सुरु गर्ने सम्भावना भने निकै न्यून छ। यसअघि सुदूरपश्चिम प्रदेशमा स्वाब राख्ने भाडो भीटीएमको अभाव हुँदा परीक्षण प्रभावित भएको थियो।

Hamro Doctor
ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts