कैलालीबाट बर्दिया पुगेकी बालिकामा कोरोना, सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु



Download our app to get more features

धनगढी, ३० वैशाख । कैलालीबाट बर्दिया पुगेकी ११ बर्षीया बालिकामा कोरोना पुष्टि भएपछि सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु भएको छ। बर्दियाकी कोरोना संक्रमित ११ बर्षीया बालिका कैलालीको गोदावरी र भजनी नगरपालिकामा ४२ दिन बसेर फर्किएकी थिइन । उनको सम्पर्कमा आएका सबै व्यक्तिको खोजी सुरु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले ती बालिकाको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी भईरहेको बताए। उनका अनुसार बालिकाको सम्पर्कमा आएका भजनीका पाँच जनाको ¥यापिड टेस्ट पनि  भइसकेको छ । गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले मजगाउँमा बालिकाको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी भईरहको बताईन् । सम्कर्पमा आएका व्यक्तिहरुको ¥यापिड टेस्ट र आवश्यक परे पिसिआर परीक्षण पनि गरिने कडायतले बताईन्।

५ चैतमा कैलाली आएकी उनी ४२ दिन बसेर बर्दिया फर्किएकी थिईन्। ‘गोदावरी नगरपालिकाको मजगाउँमा एक महिना भन्दा बढी बसेकी उनी ५–७ दिन भजनीस्थित आफन्तको घरमा पनि बसेको खुलेको छ,’ राजापुर नगरपालिका–५ का अध्यक्ष रामबहादुर थारुले भने, ‘बर्दिया फर्किने क्रममा उनलाई क्वारेन्टाइनमा राखिएको थियो।’ उनका अनुसार १६ वशाखमा उनी हजुरआमासँगै बर्दिया आउँदा राजापुर नगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो । उनमा सोमबार कोरोना पुष्टि भएकोमा उनकी हजुरआमाको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको वडा अध्यक्ष थारुले बताए । 

बर्दियामा उनीसँग सम्पर्कमा आएका व्यक्तिको खोजी भइरहेको वडा अध्यक्ष थारुले बताए। बालिकामा संक्रमण देखिएकाले कैलालीबाट उनमा संक्रमण फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीले अनुमान गरेका छन्।

Last modified on 2020-05-12 15:35:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts