कोरोना परीक्षण गर्न आफै टेकु अस्पताल पुगेकी थिइन चन्द्रागिरी नगरपालिकाकी संक्रमित महिला



Download our app to get more features

काठमाडौं, ३१ वैशाख । तीन दिनअघि काठमाडौं आइपुगेकी कोरोना संक्रमित महिला कञ्चनपुरको बेदकोट नगरपालिकाकी भएको खुलेको छ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले उनी बेदकोट नगरपालिका–१० सिसैया निवासी भएको जनाएको हो । 

मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीका अनुसार ३३ वर्षीया ती महिलाको सम्पर्कमा आएका व्यक्तिको खोजीका लागि स्वास्थ्य कार्यालय कञ्चनपुरको टोली बेदकोट पठाई सकिएको छ । संक्रमित महिलाले २९ वैशाखमा महेन्द्रनगरबाट निजी गाडीमा काठमाडौँ आएकी थिइन्।

उनी एक छोरा, एक छोरीसंगै काठमाडौ आगएकी थिइन्। ती महिला आफै कोरोना परीक्षणका लागि अस्पताल पुगेको बताइएको छ। हाल काठमाडौां चन्द्रागिरी नगरपालिकामा उनी बस्दै आएकी छिन् । नगरपालिकाका मेयर घनश्याम गिरीले चन्द्रागिरीमा पनि उनको घर रहेको जनाए । उनको अहिले टेकु अस्पतालमा उपचार भइरहेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts