चीनमा पनि जीका भाइरस



Download our app to get more features

चीनमा पनि जिका भाइरसबाट एकजना पुरुष संक्रमित भएको पुष्टी भएको छ ।
भर्खरैमात्र दक्षिण अमेरिकी मुलुक भेनेजुअलाको भ्रमणबाट फर्किएका पूर्वी चीनको जियाङ्जी प्रान्तका ति युवालाई भाइरसको संक्रमण भेटिएको अधिकारीहरुले पुष्टि गरेका हुन ।
एक प्रकारको लामखुट्टेको टोकाइबाट हुने जीका भाइरसबाट अमेरिकामा संक्रमित हुनेको संख्या ६६ पुगेको छ । अमेरिकी रोग रोकथाम तथा नियन्त्रण केन्द्र सीडीसीका अनुसार हालैमात्र दक्षिण अमेरिकी क्षेत्रको भ्रमण गरेकाहरुले यौनसम्पर्कमार्फत आफ्ना पार्टनरमा भाइरसको संक्रमण सारेको हुनसक्छन् ।
विश्व स्वास्थ्य संगठनले धेरै देशमा जिका भाइरसको संक्रमण फैलिएपछि स्वास्थ्य आपतकालको घोषणा गरेको छ । त्यस्तै अमेरिकाको सिडीसीले गर्भवति महिलालाई प्रकोप प्रभावित ठाउँहरुमा भ्रमण नगर्न अपिल गरेको छ । संक्रमित गर्भवति महिलाबाट जन्मने बच्चामा अपांगता हुने विशेषज्ञहरुले बताएका छन् । त्यस्तै प्रकोपग्रस्त देशका महिलालाई तत्काल गर्भवति नहुन पनि अपिल गरिएको छ ।

 

Last modified on 2016-02-11 14:44:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts