नेपालमा २ सय २६ जना नयाँ कोरोना संक्रमित थपिए



Download our app to get more features

काठमाडौं, १९ जेठ । नेपालमा एकै दिन २ सय २६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगको क्रममा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सोमवार थप २ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

नेपालमा हालसम्मकै धेरै संक्रमितको संख्या सोमवार फेला परेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ सय ९८ पुगेको छ भने नेपालका ५९ जिल्लामा कोरोना संक्रमण फैलिएको डा.देवकोटाले बताए ।

Last modified on 2020-06-02 15:40:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts