डडेल्धुराको क्वारेन्टाइनमा मृत्यु भएका बालकमा कोरोना नभएको पुष्टि



Download our app to get more features

काठमाडौं, १९ जेठ । डडेल्धुरामा क्वारेन्टाइनमा मृत्यु भएका बालकमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । 

आइतबार राति १२ बजेपछि जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका एक जना बालकको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका ३ का साढे ६ वर्षीय बालक छन् । आमाबाबुसँगै ती बालक भारतको मुम्बईबाट आइतबार मात्रै डडेल्धुरा पुगेका थिए ।

स्वाबको नमूनामा उनमा कोरोना नभएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।

Last modified on 2020-06-02 13:52:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts