बेलझुण्डीमा कोरोना संक्रमितको उपचार सम्भव नभएपछि बुटवल रेफर



Download our app to get more features

दाङ, २१ जेठ । कोरोना संक्रमितको ज्वरो नियन्त्रणमा नआएपछि कोरोना विशेष अस्पताल बेलझुण्डीबाट एक जना संक्रमितलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । 

बेलझुण्डीमा उपचार सम्भव नभएपछि बुटवल स्थित धागो कारखानामा स्थापना गरिएको कोरोना विशेष अस्पतालमा रिफर गरिएको कोरोना विशेष अस्पताल बेलभुण्डीका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए । 

तीन दिनसम्म अस्पतालमा राखेर उपचार गर्दासमेत ज्वरो नियन्त्रणमा नभएपछि उनलाई रिफर गरिएको उनले बताए । जेठ १६ गते अस्पताल भर्ना भएका बबई गाँउपालिका वडा नम्बर ६ का ३० वर्षका पुरुषलाई मंगलवार रिफर गरिएको वलीले बताए । 

‘तीन दिनसम्म नियमित निगरानीमा उपचार गर्दासमेत ज्वरो एक सय तीनबाट घटेन” वलीले भने ‘त्यसै थप उपचारका लागि संक्रमितलाई बुटवल रिफर गरिएको हो ।” 

मंगलवार रिफर गरिएका संक्रमित भारतबाट फर्किएका र उनलाई डेङ्गु समेत देखा परेको वलीले बताए ।

Last modified on 2020-06-03 15:06:33

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts