भारतमा मृत्यु भएका व्यक्ति दाङमा संक्रमणको सूचीमा



Download our app to get more features

दाङ, २७ जेठ । दाङका एक व्यक्तिको भारतको नयाँ दिल्लीमा मृत्यु पश्चात उनको शव नेपाल ल्याइयो । गत शुक्रबार भारतको नयाँ दिल्लीमा ज्यान गुमाएका उनको शव अन्तिम संस्कारको लागि दाङ ल्याइएको थियो । अन्तिम संस्कारको लागि शव ल्याइएको भएपनि उनको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । प्रष्ठिानमा कोरोना परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ आएको छ । 

दाङ घर भई भारतको नयाँ दिल्लीमा मुत्यु पश्चात दाङमा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । भारतमा मृत्यु भएपछि दाहसंस्कारको लागि उनको शव दाङ ल्याइएपछि कोरोना संक्रमण पुष्टि भएको भन्दै उनको विवरण मृतकको सूचिमा नराखेर संक्रमितको सूचिमा राखिएको छ । 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाव परीक्षणमा घोराही उपमहानगरपालिका वडा नम्बर १८ निवासी ५९ वर्षीय व्यक्तिको मृत्यु पश्चात् कोरोना परिक्षण गरिएको थियो । प्रतिष्ठानले सोमबार जारी गरेको विज्ञप्तिमा भारतमा मृत्यु भएका व्यक्तिको विवरण मृतकको सूचिमा नभइ संक्रमितको सूचिमा राखेको छ ।

प्रतिष्ठानको विज्ञप्तीमा भनिएको छ ‘भारतको नयाँ दिल्लीमा मृत्यु भएका घोराही उपमहानगरपालिका वडा नम्बर १८ का वर्ष ५९ का व्यक्तिलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङमा नमुना संकलन गरी परीक्षण गरिएकोमा कोरोना संक्रमण पुष्टि भएको छ ।”

दिल्लीमै उपचारका क्रममा मृत्यु भएका उनको शव जेठ २४ गते दाङ ल्याएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो । भारतमा मृत्यु भएका ५९ वर्षीय ती पुरुषको मृत्युपछि आइतबार दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधिवाट गरिएको स्वाव परीक्षणमा कोरोना पोजेटिभ आएको हो ।

कामको सिलसिलामा भारत पुगेका उनी लामो समयदेखि दम र सुगरबाट पीडित थिए । उनको शवलाई आइतवार राती १२ बजे घोराहीको नेपाली सेनाको रिपुमर्दन गणको तालिम प्राप्त टोलीले कुरइरेपानीको जंगलमा गाडेको छ । भारतबाट शव ल्याएर दाङ आएका आफन्त र एम्बुलेन्स चालकालाई क्वारेन्टिनमा राखिएको छ ।

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts