चिकित्सकको चर्को दवावपछि निजी अस्पताललाई विद्युत उपलब्ध गराउन सरकार तयार 

What's This?


Download our app to get more features

काठमाण्डौं, ४ चैत्र । निजी अस्पताल तथा मेडिकल कलेज सञ्चालकहरुको चर्को दवावपछि सरकारले आफ्नो निर्णय फिर्ता लिएको छ । केही समयअघि लोडसेडिङ बढेको भन्दै सरकारले बिना सूचना निजी अस्पतालहरुलाई प्रदान गर्दै आएको डेडिकेटेड फिडर लाइन काटेको थियो । 

विद्युत प्राधिकरणले बिहीबार सार्वजनिक सूचना प्रकासित गरेर भारतबाट विद्यूत आपूर्ति थप भएको भन्दै निजी क्षेत्रबाट सञ्चालित अस्पताल तथा मेडिकल कलेजहरुलाई केही सर्तसहित विद्युत उपलब्ध गराउने जनाएको छ । 

प्राधिकरणले नेपाल सरकारबाट स्वीकृति लिएको, चौबिसै घण्टा आकस्मिक सेवा तथा आकस्मिक शल्यक्रिया गर्नुपर्ने सर्त अघि सारेको छ । त्यसैगरी चौबिसै घण्टा आइसियु सेवाका साथै कम्तिमा ५० बेड सेवा दिनुपर्ने प्राधिकरणको सूचनामा उल्लेख छ । 

निजी अस्पताल तथा मेडिकल कलेज सञ्चालकहरुले गत फागुन २१ गते प्रधानमन्त्री केपी ओलीलाई भेटेर विद्युत कटौति नगर्न आग्रह गरेका थिए ।  त्यसलगत्तै उनले दिएको निर्देशन उर्जा मन्त्रालय हुँदै विद्युत प्राधिकरण पुग्दा पनि कार्यान्वयन भएको थिए । 

सरकारले अस्पताल संवेदनशील क्षेत्र भन्दै वि सं २०६५ सिालदेखि निजी अस्पतालहरुलाई नियमित रुपमा डेडिकेटेड लाइनमार्फत् चौबिसै घण्टा विद्युत उपलब्ध गराउँदै आएको थियो । 


 

Last modified on 2016-03-17 12:52:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts