कोरोना भाइरसको खोप निर्माणको दौडमा चीन अघि


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic

काठमाडाै‌ २५ असार । कोरोना भाइरस विरूद्धको खोप बनाउने दौडमा चीन सबैभन्दा अघि देखिएको छ । 

समाचार संस्था रोयटर्सका अनुसार चिनियाँ खोप निर्माण कम्पनी सिनोभेक बायोटेकले तयार पारेको परीक्षण खोप जुलाईको अन्त्यमा परीक्षणको अन्तिम चरणमा प्रवेश गर्न तयार भएपछि चीन खोप दौडमा  अरु मुलुकभन्दा अघि देखिएको हो ।

vayoda

परीक्षणको अन्तिम चरण प्रवेश गर्ने सिनोभेकको यो खोप चीनको दोश्रो र विश्वको तेश्रो खोप हो ।

खोप निर्माणमा खोप उद्योगहरू सुस्त भइरहेको देखिए पनि कोरोना भाइरसको उद्गमस्थल समेत रहेको चीनले राज्य, सेना र निजी क्षेत्रलाई खोप निर्माणमा एकसाथ ल्याएर काम गरिरहेको छ ।

अमेरिकासहितका थुप्रै मुलुकले निजी क्षेत्रसँग मिलेर खोप दौडमा अगाडि हुने प्रयास गरिरहेका छन्। चीनले भने उनीहरूको दाँजोमा थुप्रै चुनौतीहरूको सामना गरिरहनुपरेको छ ।

कोरोना संक्रमणलाई न्यूनिकरण गर्न सफल भएको चीनलाई एकातर्फ खोपलाई ठूलो स्तरमा परीक्षण गर्न कठिन छ भने अर्कोतर्फ निक्कै कम मुलुकले मात्र उसको खोप प्रयोग गर्न चासो देखाएका छन् ।
 खोप निर्माणमा बिगतमा भएका घटनाहरूले गर्दा बेइजिङलाई खोप निर्माण गर्दा सबै आवश्यक सावधानी र आवश्यक्ता अपनाइएको छ भनेर विश्वास दिलाउनु पर्ने चुनौती पनि छ।

यति हुँदाहुँदै पनि चीनले परिणाम देखाइरहेको छ ।

उदाहरणका लागि चीनको राज्यनियन्त्रित इकाइले केही महिनामै दुई वटा भ्याक्सिन प्लान्टको निर्माण सकिसकेको छ भने राज्यको स्वामित्वमा रहेका कम्पनी तथा सेनाले आफ्ना कर्मचारीमा परीक्षण खोपको प्रयोग गर्ने अनुमति दिएका छन् ।

चिनियाँ जनमुक्ति सेनाको मेडिकल रिसर्च युनिटले क्यानसिनोलगायतका निजी कम्पनीसँग मिलेर खोप निर्माणमा काम गरिरहेको छ ।

कोरोना भाइरस मानिसमा परीक्षण गर्न बनिरहेका १९ खोपमा ८ वटा संस्था चिनियाँ छन् । 

यसमा सिनोभेकको परीक्षण खोप र चिनियाँ सेनाले क्यानसिनोसँग संयुक्त रूपमा बनाइरहेका खोप अगाडि छन् ।

चिनियाँहरूले इन्फ्लुएन्जा र दादुराविरूद्ध बनाइने खोप निर्माणमा प्रयोग हुने ुइनएक्टिभेटेस म्याक्सिन टेक्नोलोजीुको प्रयोगबाट आफ्नो खोप बनाइरहेका छन् । यसले खोप निर्माणलाई सफल बनाउने बढी सम्भावना राख्छ ।

अमेरिकाको मोड्रेना र गर्मनीको क्यूभेक र बायोनटेकजस्ता थुप्रै पश्चिमा प्रतिष्पर्धी कम्पनीहरूले भने मेसेन्जर आरएनए नामको नयाँ प्रविधिको प्रयोग गरेर खोप बनाउने प्रयास गरिरहेका छन्। यो प्रविधिलाई यसअघि निमायक संस्थाहरूले कहिल्यै अनुमोदन गरेका छैनन् ।

'यो परीक्षण र प्रयोग रणनीति होु, फिलाडेल्फियाको बाल अस्पतालको खोप शिक्षा केन्द्रका निर्देशक पल अफिटले इनएक्टिभेटेड भ्याक्सिन प्रविधिबारे भने। यदि मैले सुरक्षित र प्रभावकारी एउटा खोप छनौट गर्नुपर्यो भने त्यो यो हुनेछु, उनले भने।'

उनी रोटाभाइरस म्याक्सिनका सह-अविष्कारक हुन् ।

चीनले मानव परीक्षणका लागि बन इन्एक्टिभेटेड भ्याक्सिन टेक्नोलोजीबाट बनाएका चार खोपमध्ये सिनोभेकको एउटा, चाइना नेशनल बायोटेकको ग्रुपका दुइटा र सरकारी स्वामित्वको चाइना नेशनल फर्माटेक्डियलस ग्रुप९सिनोफार्म०ले बनाएको एउटा खोप रहेका छन् ।

अहिले  दुइटा खोपमात्र अन्तिम परिक्षणको तेश्रो चरणमा छन्। यी खोपमध्ये एउटा सिनोफार्मको हो भने अर्को खोप एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयको हो। सिनेभेक यसै महिनाको अन्त्यमा तेश्रो खोप बन्ने चरणमा छ ।

एजेन्सीकाे सहयाेगमा

Last modified on 2020-07-09 09:00:02

Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts