चितवनका थप ४ जना पुरूषमा कोरोना संक्रमण देखियो



Download our app to get more features

चितवन, साउन ५ । भरतपुरमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका थप ४ जना पुरूषमा कोरोना संक्रमण देखिएको छ ।

सोमबार प्रयोगशालामा १ सय ३४ नमूना परीक्षण गरिएकोमा चितवनका थप ४ जना पुरूषमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन् । 

उनकाअनुसार कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि हुनेहरूमा चितवनको भरतपुर महानगरपालिका वडा नं. १६ का २३ वर्षीय पुरूष, वडा नं. २८ का २२ वर्षीय पुरूष, वडा नं. २० का २२ वर्षीय पुरूष र वडा नं. २० कै ५५ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको हो । भरतपुर अस्पताल स्रोतकाअनुसार संक्रमित सबै स्थानीय क्वारेन्टिनमा रहेका थिए ।

उनीहरूको चितवनमा रहेको भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा स्वाब आरटिपिसिआर प्रविधिबाट परीक्षण गरिएको हो ।

Last modified on 2020-07-20 21:53:11

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts