क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखरामा ५ सय ७९ जनाको जागिर खुल्यो

What's This?


Download our app to get more features

काठमाण्डौं, ५ चैत्र । पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखरामा पाँचौ तहको कराका लागि ५ सय ७९ जनाका लागि जागिर खुलेको छ । 

निर्देशनालयले १ सय ८० जना हेल्थ असिष्टेन्ट, ७ जना स्टाफ नर्स, २ जना ल्याब टेक्निसियन, १ जना फार्मासिस्ट, १ सय ४० जना अहेब, २ सय ४० जना अनमी, ६ जना ल्याब असिष्टेन्ट,१ जना रेडियोग्राफी र २ जना डा.रु.अ. पदमा कर्मचारी मागेको छ ।

सबै पदमा अन्तरवार्तामार्फत् कर्मचारी भर्ना गरीने निर्देशनालयले जनाएको छ । शैक्षिक योग्यता पुगेको इच्छुक उम्मेदवारले एक सय ५० रुपैयाँको भौचर काटेर १५ दिनभित्र निर्देशनालयमा दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ । 

निर्देशनालय दरखास्त दिनका लागि लब्धाङ्क पत्र, चारित्रिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, सम्बन्धित काउन्सिलबाट प्राप्त प्रमाणपत्र पेश गर्नुपर्ने जनाएको छ । 

त्यसैगरी दरखास्त दिने अन्तिम मितिसम्म सेवा, समूह सम्बन्धी ऐन, नियम अनुसार उमेरको हद ननाघेको हुनुपर्नेछ । नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा १२ बमोजिम अयोग्य नभएको हुनुपर्नेछ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts